INSEC Online

📅 २०८३ जेष्ठ २१

बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

इन्सेकद्वारा गठित बागमती प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालको पहिलो बैठक ०८२ कात्तिक ३० गते हेटौँडामा सम्पन्न भएको छ । अधिवक्ता दिपेन्द्र ढकालको अध्यक्षतामा सम्पन्न बैठकले आगामी समयका लागि कार्ययोजना निर्माण गरेको छ ।

बैठकले २०२५ नोभेम्बर २५ देखि सुरु हुने १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अर्न्तगत २०२५ डिसेम्बर ९ मा पर्ने मानव अधिकार रक्षक दिवसका लागि परिचयात्मक छलफल कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 साथै, सञ्जालले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अर्न्तगत प्रदेश राजधानीमा एक विशेष अभियान सञ्चालनका लागि विभिन्न सामाजिक संघसंस्थाहरुसँग समन्वय र सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

बैठकले सञ्जालको सदस्यमा अधिवक्ता अप्सरा बस्नेतलाई मनोनित गरेको छ ।

सञ्जालको बैठकले राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चाँपागाई, बाल कल्याण समाजका अध्यक्ष तथा शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेशका संयोजक प्रकाश खतिवडा, सिविन बागमती प्रदेशका संयोजक झविन्द्र ज्ञवाली, गैरसरकारी महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमल कुमार विश्वकर्मा, गैरसरकारी महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा र बालबालिका तथा युवा अभियानता रन्जन पौडेललाइ सल्लाहकार तथा पर्यवेक्षक समितिमा चयन समेत गरेको छ ।

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो