INSEC Online

📅 २०८३ जेष्ठ २१

बागमती प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०७९ असार १० गते प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खुमा सम्पन्न भएको छ ।

इन्सेकको इएलपी परियोजना सञ्चालित प्रदेशका पाँच ओटा जिल्लाका सहजकर्ता र १३ जिल्लाका प्रतिनिधिसहित मार्खुमा असार ९ र १० गते आयोजित दुई दिने कार्यक्रम समीक्षा बैठक सुरु भएको हो ।

१

कार्यक्रमको भर्चुअल उद्घाटन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इएलपी परियोजना सञ्चालित जिल्लामा भएका तीन वर्षको उपलब्धी, सहजकर्ताको अनुभव तथा कार्यक्रमको उपयोगीताबारे विस्तृत रूपमा समीक्षा गर्न आग्रह गर्नुभयो ।

यस्तै जिल्ला प्रतिनिधिहरूलाई जिल्लाको समग्र मानव अधिकारको स्थिती बारे छलफल सहित अनलाइन अपडेटको लागि पनि उहाँले निर्देशन दिनुभयो ।

भर्चुअल रुपमै मानव अधिकार पैरवी विभाग संयोजक सम्झा श्रेष्ठ, मदन पौडेल तथा श्रीराम बजगाईँ तथा कार्यक्रम व्यवस्था विभाग प्रमुख शुभेक्षा खड्काले सहजीकरण गर्नुभएको थियो ।

इन्सेक प्रदेश संयोजक कृष्ण गौतमले शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारका विषयमा जिम्मेवार निकायलाई जवाफदेही बनाउने काममा सबैको सक्रियताको रहेको उल्लेख गर्नु भयो ।

समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि र सहजकर्ताका बीचमा समूहगत रूपमा सिकाई, उपलब्धी, चुनौती तथा अवसरका बारेमा छलफल र प्रस्तुति समेत गरिएको थियो ।

इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले इन्सेक प्रतिनिधि तथा सहजकर्ताले स्थानीय तह र क्षेत्रमा रहेर गर्ने काम नै इन्सेक सूचनाको स्रोत भएको बताउनुभयो ।

समूहगत छलफलमा इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा प्राप्त उपलब्धी, पीडितलाई न्यायका लागि गरिएका पहलको सूचिकरण गरिएको छ ।

साथै यस अवधिमा कार्यक्रम गर्दा आएका चुनौति, अवसर र सहजकर्ता तथा प्रतिनिधिले गरेका पहलका विषयलाई एकीकृत गरिएको छ ।

२खम २ख

अन्य

भिडियो