अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकालाई पुस २८ गते सुरक्षित गृहमा नै गएर स्याहार सुसार र स्वास्थ्य उपचारका लागि नगद १० हजार रुपियाँ सहयोग गरेको छ ।
सहयोग रकम हस्तान्तरण गर्दै बनेपा नगरकी उपप्रमुख विमला सापकोटाले नगरभित्रका हिंसा पीडित महिला तथा बालबालिकालाई नगरपालिकाको हिंसापीडित कोषबाट सहयोग गर्दै आएको बताउनु भयो ।
इन्सेकले यसअघि पनि जिल्लाका हिंसा र द्वन्द्व पीडितहरुलाई सहयोग गर्दै आएको छ ।