INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश ३ को वार्षिक सम्पादन भेला हेटौंडामा सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालयको आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२० को वार्षिक सम्पादन भेला ०७६ पुस १९ गते हेटौंडामा सुरु भएको छ ।

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रदेश ३ को सम्पादन भेलामा बोल्दै प्रदेश संयोजक कृष्ण गौतमले मानव अधिकार वर्ष पुस्तकमा उल्लेख गरिने अभिलेखमा कुनै पनि त्रुटी नहोस् भनेर सम्पादन भेलाको आयोजना गरिएको बताउनुभयो ।

Insec

मानव अधिकार वर्ष पुस्तकको महत्वलाई बुझेर मानव अधिकार उलङ्घन र ज्यादतीबिरुद्धका घटनाहरुको यथार्थ  विवरणसहितको अभिलेख राख्न जिल्ला प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । इन्सेक केन्द्रीय कार्यालय काठमाडौँका रमेशप्रसाद तिमल्सिनाले जिल्ला प्रतिनिधिहरूले घटनाका पीडितलाई भेटेरै मात्रै घटना सङ्कलन गर्नुपर्ने र अध्यावधिक गर्नुपर्ने बताउनु भयो । इन्सेकले सन् १९९२ देखि प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकको अभिलेखलाई आधिकारीक मानेर अन्य निकायले प्रयोग गर्ने भएकोले पनि आधिकारीक र यथार्थपरक घटना विवरणमात्र राख्न अभिलेख राख्नुपर्ने बताउनुभयो ।

इन्सेक केन्द्रीय कार्यालय, काठमाडौँका गोबिन्द त्रिपाठीले जिल्ला प्रतिनिधिहरूले घटनाको पुर्ण विवरण ल्याउन ध्यान दिनु पर्ने बताउनुभयो । पुस २० गतेसम्म चल्ने वार्षिक सम्पादन भेलामा प्रदेश ३ का जिल्ला प्रतिनिधीहरुले राखेका मानव अधिकार उलङ्घन तथा ज्यादती बिरुद्दका घटनाका अभिलेख तथा जिल्लागत मानव अधिकारको स्थिती बारेमा छलफल गरिने इन्सेक प्रदेश ३ का कार्यक्रम संयोजक गणेश भण्डारीले बताउनुभयो ।

अन्य

भिडियो