INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहको गठन सम्पन्न

बागमती प्रदेशमा मानव अधिकारको रक्षा, तथा पैरवी गर्ने उद्देश्यसहित प्रदेश स्तरीय मानव अधिकार समूह र बाल अधिकार समूहको गठन भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौंडामा ०७९ चैत २१ ग्ते भएको भेलाले बिमला गोपाली(मकवानपुर) संयोजक र खिलप्रसाद शर्मा (चितवन) सहसंयोजक रहेको सात सदस्यीय प्रदेशस्तरीय मानव अधिकार समूह गठन गरेको हो । समुहको सदस्यहरूमा चन्द्रमान प्रजा, सावीत्री थापा,सुजाता दमाई, उमेश राई र ज्योति गिरि रहेका छन् ।

20230404_135918

यसैगरी सोही दिन बसेको बालबालिकाहरूको भेलाले अभिनाश प्रजा (मकवानपुर) संयोजक र वर्षा थापा(चितवन) सहसंयोजक रहेको १० सदस्यीय प्रदेशस्तरीय बाल अधिकार समूह गठन गरेको छ । समूहको सदस्यहरूमा कञ्चन राना, लक्ष्मी प्रजा, सजल गौतम, ललिता कोइराला, अनिश सुनार, सोमि चेपाङ र टिका कुमार चेपाङ रहेका छन् ।

समूह गठनमा सहयोग गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीले नवगठित समूहका पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै मानव अधिकारको रक्षाको काममा अघि बढ्न शुभकामना दिनुभयो ।

WhatsApp Image 2023-04-05 at 10.11.11 AM

मानव अधिकार रक्षा तथा पैरवीमा इन्सेकको तीनदशक भन्दा लामो अनुभव रहेको बताउँदै संयोजक भण्डारीले मानिसको शिक्षा, स्वास्थर वातावरणको अधिकारको सवालमा जिम्मेवार निकायलाई जवाफदेही बनाउनेतर्फ समूहलाई लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका निमित्त प्रमुख रेवा रेग्मीले मानव अधिकार समुहको काम कर्तव्य र भूमिकाको बारेमा बताउँदै सबैलाई मानव अअधिकारको रक्षा तथा पैरवीमा समाज तथा आफु नजिकको स्थानीय पालिकामा निगरानी बढाउन आग्रह गर्नुभयो ।

भेलामा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रशासन शाखा अधिकृत लोकनाथ घिमिरेले मानव अधिकार रक्षाको सवालमा आफ्नो अनुभव बताउँदै नवगठित समूहका सदस्यहरूलाई मानव अधिकार रक्षाको लागि लाग्न हौसला बढाउनु भयो ।

इन्सेकले मकवानपुरको मनहरी गाउँपालिका तथा राक्सीराङ गाउँपालिका र चितवनको कालीका नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा शिक्षा स्वास्थ्य र वातावरणको अधिकार सम्बन्धि परियोजना सञ्चालन गर्दै आइरहेको छ ।

साथै उक्त पालिकाहरूमा पालिका स्तरीय मानव अधिकार सचेतना समूह र विद्यालय स्तरका बाल अधिकार सचेतना समुह गठन गर्दै मानव अधिकार रक्षाको सवालमा आवाज उठाउँदै आइरहको इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम अधिकृत वालुका नेउपानेले जानकारी दिनुभयो ।

WhatsApp Image 2023-04-05 at 10.12.20 AM

अन्य

भिडियो