INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रकाश मानवअधिकार पुरस्कार २०८० का लागि छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा हरेक वर्ष साउन १६ गते इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा इन्सेकद्वारा प्रदान गरिने प्रकाश मानवअधिकार पुरस्कार २०८० का लागि मानव अधिकारको क्षेत्रमा क्रियाशिल योग्य उम्मेरवारको नाम सिफारिस गर्नेका लागि पोखराका क्रियाशिल नागरिक समाजका प्रतिनिधिहरु बिच छलफल कार्यक्रम असार १३ गते सम्पन्न भयो ।

उक्त छलफलमा नागरिक समाजका प्रतिनिधिरुहरुद्वारा गण्डकी प्रदेशमा लामो समयदेखि मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा निरन्तर क्रियाशिल व्याक्तित्वहरुको सन्दर्भमा छलफल गरि ती नामहरु मध्येबाट छनोट गर्ने गरि केन्द्रीय कार्यालयमा सिफारिस गर्ने निर्णय गरियो ।

नागरिक मञ्चका संयोजक विष्णु बरालले यस्ता पुरस्कारहरुले समाजमा सामाजिक भावनालाई जोगाउन मद्दत पुर्‍याउने बताउनुभयो । साथै यस्ता पुरस्कारले सामाजिक मुल्य र मान्यतालाई कायम राख्न र आगामि दिनहरुमा पनि मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा अभियान चलाउन थप उर्जा प्रदान गर्ने बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले प्रकाश मानवअधिकार पुरस्कारको पृष्ठभूमिका बारेमा साथै यस अघि प्रकाश मानवअधिकार पुरस्कार प्राप्त गर्ने विभिन्न विधाका पुरस्कृत व्यक्तित्वहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

photo2081314kaski

अन्य

भिडियो