INSEC Online

📅 २०८३ श्रावण ६

पारस्परिक जवाफदेहिता परियोजनाको योजना तथा समीक्षा बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पारस्परिक जवाफदेहिता परियोजनाको एक वर्षको योजना तथा समीक्षा बैठक भक्तपुरमा साउन १३ गते सम्पन्न गरेको छ ।

Photo20190730Bhaktapur (2)

दुई दिनसम्म सञ्चालित कार्यक्रममा इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले देशमा नागरिक समाजको आवश्यकता रहेको बताउँदै सरकारले नागरिक समाजको महत्वलाई बुझ्नु पर्नेमा जोड दिइन् ।

उनले सरकार पुग्न नसकेको ठाउँमा नागरिक समाजको पहुँच पुगेको र जनताको समस्यामा हातेमालो गर्दै अगाडि बढेको बताइन् ।

Photo20190730Bhaktapur (3)

कार्यक्रममा इन्सेकका व्यवस्थापन प्रमुख प्रेम पराजुलीले इन्सेकले सात ओटै प्रदेशका जिल्लाहरूमा आफ्ना प्रतिनिधि राखेर मानव अधिकारको क्षेत्रमा वकालत गर्दै आएको बताए ।

उनले नागरिक समाजको तर्फबाट गरिरहेको कामका बारेमा र नागरिक समाजले खेलेको भूमिकाको बारेमा सरकारलाई बुझाउनु जरूरी रहेको बताए ।

देशमा अहिले पहिलाको जस्तो एउटा मात्रै सरकार नभई तीन तहको सरकार रहेको बताउँदै उनले नागरिक समाजलाई हेर्ने र बुझ्ने कुरामा तीन तहकै सरकारको फरकपनलाई एकाकार गर्नुपर्ने बताए ।

Photo20190730Bhaktapur (1)

उनले नागरिक समाज जनता र देशको सहयोगीका रूपमा रहेकाले नागरिक समाजले सरकार नपुगेको ठाउँमा पुगेर काम गर्दै जनताको आवाज बाहिर ल्याउने काम गरिहरेको भन्नेबारेमा सरकारलाई बुझाउन आवश्यक रहेको बतए ।

कार्यक्रममा इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले मानव अधिकारका संरक्षणका सवालमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे ।

बैठकमा परियोजना सञ्चालित १२ जिल्लाका इन्सेक जिल्ला प्रतिनिधिले आफू कार्यरत जिल्लामा पारस्पिरिक जबाफदेहिता परियोजना अन्तर्गत काम गर्दाको अनुभव प्रस्तुत गरेका थिए ।

अन्य

भिडियो