INSEC Online

📅 २०८३ जेष्ठ २१

पञ्चदेवल-विनायक नगरपालिकामा परिचयात्मक कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जागरण नेपाल र दलित सेवा सङ्घको साझेदारीमा सञ्चालित परियोजनाको परिचयात्मक कार्यक्रम पञ्चदेवल-विनायक नगरपालिकामा चैत १५ गते सम्पन्न भएको छ ।

परियोजनाका बारेमा इन्सेक धनगढीका संयोजक खड्गराज जोशीले जानकारी दिँदै नगरपालिकाले मानव अधिकारमैत्री नीति निर्माण गर्न सुझाव दिए । संयोजक जोशीले नेपालमा २००७ सालदेखि २०६२/०६३ को परिवर्तनमा जनताको अधिकारको लागि भएको भन्दै अब यसलाई संस्थागत गरेर जानुपर्ने भनाइ राखे । हरेक नागरिकले मानव अधिकारलाई पुर्णरूपमा अनुभूत गर्न पाउने गरी स्थानीय तहले काम गर्नुपर्नेमा संयोजक जोशीले जोड दिए ।

परियोजनामा इन्सेकले स्थानीय र प्रादेशिक तहका जनप्रतिनिधिको क्षमता अभिवृद्धि, दलित सेवा सङ्घले दलितहरूको समानता तथा सहभागिता र जागरण नेपालले महिलाका क्षेत्रमा केन्द्रित हुनेछ । सन् २०१९ सम्म रहने परियोजनाको कार्यक्रम र बजेटका बारेमा प्रस्तुती सम्बन्धित कार्यक्रमका प्रमुखहरूले गरेका थिए ।

नगरपालिकाका कार्यवाहक नगर प्रमुख सज्जनबहादुर शाहीले दलित, महिलालगायत पछाडी पारिएको क्षेत्र र वर्गलाइ प्राथमकितामा राखेर काम गर्नेमा जोड दिए ।

नगर प्रमुख शाहीले आफ्नो नगरपालिकामा रहेका हरेक नागरिकलाई मानव अधिकारको प्रत्याभूत गर्नमा प्रतिबद्धता व्यक्त गरे । परिचयात्मक कार्यक्रममा उक्त नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, सरकारी गैरसरकारी कर्मचारी, पत्रकार समाजसेवीहरूको सहभागिता रहेको थियो ।

1

1

1

1

1

शिवराज ढुङ्गाना

अन्य

भिडियो