INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ प्रकाशन पूर्व बार्षिक समीक्षा कार्यक्रम मङ्सिर १० गते सम्पन्न गरिएको छ ।
इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले सन् २०१८ को यो अवधिसम्म ८६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरेको बताए ।
जसमध्ये महिला हत्याका तीन, बालिका बलात्कारका ३६, बाल यौन दुर्व्यवहारका १० ओटा घटना छन् । त्यसैगरी महिला अधिकार उल्लङ्घनतर्फ बलात्कारका १० र बलात्कार प्रयासका पाँच ओटा घटना सङ्कलित छन् ।

२ सय २३ ओटा घरेलु हिंसाका निवेदन चितवन प्रहरीमा परेको प्रतिवेदनमा उल्लेख छ । बालिका बेचबिखनको एक, महिला बेचबिखनका तीन, बहुविवाहका ११ र बालविवाहको एउटा घटना अभिलेख गरिएको छ । यो अवधिमा इन्सेकले गरेको अभिलेख अनुसार हाडनातामा बलात्कारका ६ ओटा घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहले जिल्लामा अन्य अपराधका तुलनामा बलात्कारका घटना बढ्दो क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे ।

जिल्ला अदालत चितवन बार एशोसिएसनका अध्यक्ष अधिवक्ता कमल पाठकले महिलाहरू नै सक्षम र सचेत नभएसम्म समाजमा यौन अपराधका घटना भइरहने बताए ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष राधेश्याम खतिवडाले बालबालिकाहरू असुरक्षित हुँदा पनि राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

यौनजन्य हिंसाविरूद्धको साझा अभियान चितवनकी सहसंयोजक सङ्गीता भट्टराईले महिला माथि हुने सबै किसिमका भेदभाव अन्त्य भएमात्र उनीहरू सुरक्षित हुने बताइन् ।

photo20181127chitwan (1)

photo20181127chitwan (2)
दिपेन्द्र अधिकारी

अन्य

भिडियो