INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

७७ औँ अन्तर्राष्ट्रिय मानवअ धिकार दिवसको अवसरमा ०८२ मंसिर २४ गते धादिङबेसीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा र युवा मानव अधिकार रक्षक संजालको गठन गरिएको छ ।

नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक, रोयम नेपाल, आइसिडिसि नेपाल, फोकस नेपाल, प्रयास नेपाल, सहयात्री समाज नेपाल, मानवअधिकार एलाएन्स र ग्लोबल नेपालको आयोजना साथै नीलकण्ठ नगरपालिका लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समितिको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा संकलन गरिएका घटनाहरुको विवरण इन्सेक प्रतिनिधि सीताराम अधिकारीले प्रस्तुती गर्दै ५२ ओटा घटनामा ५९ जना पीडित भएको उल्लेख गर्नुभयो ।

संकलित घटनामध्ये तीन जनाको कारागारमा मृत्यु र सात जना घाइते भएको, तीन जनाको हत्या, द्ई जना संचारकर्मीमाथी धम्की, पाँच बलात्कार घटना, एक बलात्कार पीडितको मृत्यु, तीन जना बलात्कार प्रयास, १६ जना घरेलु हिंसा, १२ जना बालिका बलात्कार, सात जना बालयौन दुव्र्यवहार र एक जना जातीय विभेदको घटनामा पीडित भएको इन्सेकले प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रमलाई भनाइ राख्दै जिल्ला समन्वय समिति प्रमुख कुलमान विश्वकर्माले नागरिकको आधारभुत अधिकार नै मानव अधिकार भएकोले अधिकार पुरा गर्नका लागि नागरिकलाई सशक्तिकरण गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । बालबालिका, लैंगिक, जातीय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकको अधिकारका लागि सामुहिक रुपमा काम गरेर मानव अधिकार प्रत्याभुति गर्न प्रतिवद्धता व्यक्त गर्नुपर्ने उपप्रमुख विश्वकर्माले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मानव अधिकार संरक्षणका लागि सरकारले स्थापना गरेका संरचनाहरु प्रयोग गर्न आग्रह गर्दै एउटा महिलाले आफ्नो अस्मितामाथि चुनौती आयो भनेर उजुरी आयो भने पहिलो प्रमाणको रुपमा निवेदनलाई नै लिने र अनुसन्धान गर्ने गरेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले महिलामाथि हुने कुनैपनि हिंसा र यौनजन्य घटनामा सुन्य सहनशीलता रहने बताउँदै मानव अधिकार वर्ष पुस्तकमा प्रकाशनका लागि आएका मानव अधिकार विरोधी घटनालाई जस्ताको तस्तै उल्लेख गरिदिन अनुरोध गर्नुभयो ।

नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले लैंगिक हिंसा पीडित राहत कोषको स्थापना गरिएको, अपाङ्गता तथा जेष्ठ नागरिकको सामाजिक सुरक्षाका लागी थप कार्यक्रम ल्याएको उल्लेख गर्दै महिलाको समान सहभागिता र परिवतर्नको लागि स्थानीय सरकारले काम गरेको र अझै मानवअधिकार मैत्री कार्य गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो ।
गैसस महासंघका अध्यक्ष तोलाकुमारी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकार रक्षक गायत्री खतिवडा, प्रेरणा बस्नेत, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, शरिशरण धिताल लगायतले मानव अधिकारको सवालमा साझा प्रतिवद्धता र सामाजिक न्यायका लागि विविध आयामहरुमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।

७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अबसरमा १४ सदस्यीय जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संञ्जालको गठन गरिएको छ ।

स्नेह श्रेष्ठको अध्यक्षतामा गठन गरिएको युवा मानव अधिकार रक्षक संजालको उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा करिस्मा परियार र सदस्यहरुमा आकाश लम्साल, सीता शाक्य, भुपेन्द्र लम्साल, रोशन थापा, कौशिला भट्टराई, रयिबा खातुन, रंजिता परियार, विपना पोखरेल, प्रतिमा अर्याल, प्रगति अर्याल, र रस्मी श्रेष्ठ रहनुभएको छ ।

मानव अधिकारका लागि पैरवी गर्ने र मानव अधिकार रक्षकहरुको संरक्षणमा काम गर्ने लक्ष्य संजालले लिएको छ ।   

सीताराम अधिकारी

अन्य

भिडियो