नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ को लागि अर्धवार्षिक पुर्व समीक्षा कार्यक्रम असार ११ गते पाल्पामा सम्पन्न भएको छ ।
बगनासकाली गाउँपालिका–७ मा आयोजित वर्ष पुस्तक पुर्व समीक्षा कार्यक्रममा इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले यो ६ महिनाको अवधिमा २३ वटा घटना इन्सेकले अभिलेख गरेको जानकारी गराउनुभयो ।
उहाँले अहिले पनि नेपालको संविधानको मौलिक हकमा उल्लेख भएका शिक्षा, स्वास्थ्य लगायतका मौलिक हक अधिकारबाट नागरिकहरु बञ्चित रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य चौकी प्रमुख, शिक्षासेवी, बिद्यालयका प्रधानाध्यापक लागयतले आआफ्नो धारणा राख्नुभएको थियो । सोही अवसरमा इन्सेकको पहलमा पाल्पा जिल्लामा गठन भएको बेद युवा समूहले संचालन गरेको पुस्तकालय अभियानबारे समेत जानकारी गराइनुका साथै छलफल समेत गरिएको थियो । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका कर्मचारी एवम् बेद युवा समुहका अध्यक्ष बरुण बस्यालले पुस्तकालय अभियान र हालसम्मको प्रगतिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।
