अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले ०८२ असार ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२६ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला समन्वय समिति भक्तपुरको हलमा भएको कार्यक्रममा जिल्ला प्रतिनिधिले सन् २०२६ जनवरीदेखि हालसम्म छ महिनाको जिल्लाको मानव अधिकार अवस्थाबारे इन्सेक जिल्ला प्रतिनिधिले जानकारी गराउनुभएको थियो ।

हालसम्म इन्सेकले जिल्लामा अभिलेख गरेका २० ओटा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनामा हत्या एक ओटाऽ बलात्कारका ६ ओटा बलात्कार प्रयासका दुइ ओटा बाल यौन दुरुपयोगका एक ओटाऽ घरेलुहिंसाका पाँच ओटा र कुटपिटको एउटा रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ईस्वरबहादुर थापाले पहिले इन्सेकले धेरै बाक्लै नै कार्यक्रम र मानव अधिकारको क्षेत्रमा काम गर्थ्यो । तर अचेल कार्यक्रमहरू भएको त्यति थाहा छैनऽ त्यसैले समन्वय बढानुपर्ने बताउनुभयो ।
यसैगरी जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले मानव अधिकार क्षेत्र भनेको बृहत बिषय हो, मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको भन्दै सामाजिक सचेतना र सजगतामा रकारी तथा गैह्र सरकारी संस्थाहरूका बीचमा सचेतना कार्यक्रम गर्ने प्रमुख एक गैरसरकारी संस्था भएको हामी सबैले सुनेको पुरानो नाम नै इन्सेक भएको बताउनु भयो । उहाँले सामाजिक कर्तव्यप्रति सचेतना बढ्दै र ज्यादतीका घटना कम हुँदै जानुको योगदान इन्सेकमा जान्छ भन्नु भयो ।
समीक्षा कार्यक्रममा महिला सुरक्षा दबाब समूह भक्तपुरकी राधा हुमगाईले बालिकाहरूमा यौन हिंसा र घरेलु हिंसाका घटनाहरू नघट्नु सामाजिक सङ्घसंस्थाहरूको सक्रियता कम भएको हुनसक्ने बताउनु भयो । उहाँले पहिले यस प्रकारका कार्यक्रमहरु धेरै हुन्थे, अहिले कहाँ के भयो केही थाहा नहुने गुनासो गर्नु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी परिसर महिला सेल, प्रहरी वृत्त ठिमी र प्रहरी वृत्त जगाती तथा जिल्ला प्रसासन कार्यलय, जिल्ला समन्वय समिति, एकल महिला समूह, महिला सुरक्षा दबाब समूह, महिलाहरूको मानव अधिकार रक्षक सञ्जाल, महिला जागरण तथा विकास केन्द्र, महिला अधिकार्मी, जिल्लामा क्रियाशिल सङ्घसंस्था प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
