अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक सम्पादन भेला पुस ९ गतेदेखि पुस १३ गतेसम्म धुलिखेलमा गरिएको छ ।
इन्सेकले ७७ ओटै जिल्लामा अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्य र सूचना सम्पादन गर्न सम्पादन भेला आयोजना गरिएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भयो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को सम्पादन भेलालाई सम्बोधन गर्दै अध्यक्ष डा. अर्यालले सम्पादन भेलाले प्राप्त सूचना पुष्टि र पुनर्पुष्टि गर्नलाई सहयोग पुर्याएको बताउनु भयो । पुस्तकका लागि आवश्यक गर्ने प्रमाणिक तथ्य र पुनर्पुष्टि आवश्यक रहेको बताउनु भयो ।
उहाँले वर्ष पुस्तकको आलेखलाई विज्ञको सुझाव लिन र तथ्याङ्कको पुष्टि गर्न पनि आवश्यकता रहेको बताउनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तकलाई गुणस्तरीय बनाउन उद्दरणको प्रयोग बढाउन सकिने उहाँको धारणा थियो ।
सम्पादन भेलामा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सम्पादन भेलाबाट नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ लाई आवश्यक सूचना र तथ्यको सम्पादन गरिने बताउनु भयो ।