INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समीक्षा तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रम ०८१ मङ्सिर २५ गते मन्थलीमा सम्पन्न भएको छ ।

इन्सेक, मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र मन्थली नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा यस वर्ष इन्सेकमा विभिन्न २७ ओटा घटना अभिलेखीकरण भएको जानकारी दिइएको थियो ।

3 (1)

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सेपक्टर कौशल न्यौपानेले गत वर्ष प्रहरीमा २१ ओटा घरेलु हिंसाका उजुरी दर्ता भएका जानकारी दिनुभयो ।  यस वर्ष १६ ओटा उजुरी दर्ता भएका उहाँले बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार संरक्षण सञ्जालका संयोजक पाण्डव प्रसाईँले रामेछापमा मानव अधिकारको अवस्था बारेमा जानकारी  गराउनु भएको थियो भने कार्यक्रममा मन्थली नगरपालिकाकी सहायक महिला विकास अधिकृत भगवती तामाङले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा नगरपालिकाले सञ्चालन गरेका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमशागर थापा, मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत लगायत सहभागी हुनुनुहन्थ्यो ।

1 (3)

अन्य

भिडियो