INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८१ असार १४ गते तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक पाल्पा जिल्ला प्रतिनिधिले २०२४ को जनवरीदेखि जुनसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका ३३ ओटा घटना इन्सेकले अभिलेख गरेको जानकारी गराउनुभयो ।

जसमा बालबालिका सम्बन्धी बलात्कारका ६ ओटा, महिला सम्बन्धी बलात्कार चार ओटा, कथित बोक्सी घटनाका एक ओटा, महिला हत्याका एक ओटा र घरेलु हिंसाका २१ ओटा घटना प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति, पाल्पाका प्रमुख टङ्कनाथ खनालले इन्सेकले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि गहन रूपमा काम गर्दै आएको बताउनु भयो । उहाँले पाल्पामा पछिल्लो समय राष्ट्रिय परिचय पत्र र नयाँ नागरिकता बनाउने कार्यका लागि ज्येष्ठ नागरिकहरूले सास्ती भोग्दै आएकोमा यसतर्फ ध्यान दिइ सरोकारवालाहरूलाई छलफल तथा सहजताको वातावरण मिलाउन इन्सेकलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ, पाल्पाका अध्यक्ष रेखीराम रानाले यसप्रकारको कार्यक्रमबाट जिल्ला स्तरमा मानव अधिकारको अवस्था र सुधारका लागि हुन सक्ने पहलबारे छलफल हुने मौका मिलेको बताउनु भयो । वरिष्ठ पत्रकार मेघराज शर्माले हरेक ६ महिनामा इन्सेकले गर्ने वर्ष पुस्तक समीक्षा कार्यक्रमबाट जिल्लागत विषयहरू उठान गर्न र समस्याहरूको समाधानमा सहयोग पुग्ने गरेको बताउनु भयो ।

Photo28062024Palpa

अन्य

भिडियो