INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको छ ।

इन्सेक खोटाङको आयोजनमा ०८१ असार ११ गते सरोकारवालाबिच जिल्लामा इन्सेकले सन् २०२५ का लागि अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि समीक्षा गरिएको हो ।

समीक्षा कार्यक्रममा सन् २०२४ को जनवरी १ देखि जुन १५ सम्मको अवधिमा इन्सेकले जिल्लामा अभिलेखीकरण गरेका ३७ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरेको विषयमा जानकारी गराइएको थियो । बाल अधिकारका चार ओटा, महिला अधिकारका ११ ओटा, नागरिक तथा राजनीतिक अधिकारका २२ ओेटा गरी ३७ ओटा घटना अभिलेखीकरण गरिएको इन्सेक प्रतिनिधिले समीक्षा कार्यक्रममा बताउनु भयो । समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्लामा इन्सेकले मानव अधिकारका सवालमा उठाएका कुरालाई प्राथमिकतामा राखी काम गर्ने बताउनु भयो ।

इन्सेकले समीक्षा कार्यक्रममा कारागारमा वेकसुर थुनामा बसेका व्यक्ति भुदेउ राईको परिवारलाई क्षतिपूर्ति दिन राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई सिफारिस गरेको तर कार्यान्वयन नभएका कारण पीडित परिवारले क्षतिपूर्ति नपाएको विषय, जिल्लामा तीन जना महिलाको रहस्यमय मृत्युु घटनाको विषय, जिल्लामा बालबालिकालाई टिनको छानोमा गर्मीको समयमा राखेर पढाएको विषयलाई समीक्षाका क्रममा उठाएको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम खड्काले इन्सेकले उठाएका विषयमध्ये तीन जना महिलाको रहस्यमय मृत्यु घटनाका विषयमा पीडित परिवारसँग दुई चरणमा छलफल भएकाले अनुसन्धान सकिएपछि वास्तविक पत्ता लगाउनु बताउनु भयो ।

समीक्षा कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, अपाङ्ग सेवा सङ्घ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर अध्यक्ष उमेशचन्द्र आर्चाय, अधिकारीकर्मी र पत्रकारहरूको सहभागिता रहेको थियो ।

Photo 20240626 Khotang (1)

Photo 20240626 Khotang (2)

अन्य

भिडियो