INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वर्षिक समीक्ष कार्यक्रम ०८० मङ्सिर २९ गते सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ ।

photo20231215bajhang (2)

जिल्ला समन्वय समिति, बझाङका प्रमुख नरबहादुर बोहराले मानव अधिकार वर्ष पुस्तकले नेपालभरका घटनाहरू समेटेर मानव अधिकार रक्षाको काममा ठूलो भूमिका खेलेको बताउनु भयो ।

गैरसरकारी संस्था महासंघ, बझाङका अध्यक्ष लवराज जोशीलगायतका सरोकारवालाहरूले मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाका पीडितहरू सुरक्षा तथा न्यायको ढोकासम्म पुग्न नसकेकोले कतैपनि जाहेरी नपरेका घटनाहरू पनि वर्ष पुस्तकमा समेटिनु पर्ने बताउनु भयो ।

कार्यक्रमका सहभागिहरूले वर्षेनी देशभरी भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू समेटेर प्रकाशन गरिने वर्ष पुस्तक र इन्सेकको अभियानले मानव अधिकार संरक्षणमा ठूलो योगदान तथा सकारात्मक प्रभाव पारेको बताउनु भयो ।

photo20231215bajhang (1)

सन् २०२३ जनवरीदेखि डिसेम्बर १५ तारिखसम्म कुटपिटबाट एक, बालत्कार तथा बलात्कार प्रयासबाट १२, जातीय विभेदबाट दुई, बहुविवाहका घटनाबाट दुई र घरेलु हिंसाबाट १ सय ३४ जरी १ सय ५१ जना पीडित  भएको तथ्याङ्क इन्सेक बझाङ जिल्ला प्रतिनिधि सत्यराज सिंहले प्रस्तुत गर्नभएको थियो ।

अन्य

भिडियो