INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते बर्दिवासमा सम्पन्न भएको छ ।

कार्यक्रममा सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्वरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीसँग सम्बन्धित ५२ ओटा घटनाहरू इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साहले प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत घटनाहरूमध्ये यस वर्ष जिल्लामा पँच महिला र तीन पुरुष गरी अठ जनाको हत्या, २२ ओटा बलात्कार, नै ओटा बलात्कार प्रयास, तीन ओटा अपहरण, चार ओटा ‘बोक्सी’को आरोपमा कुटपिट, तीन ओटा बालविवाह, एउट जातीय विभेदसम्बन्धी छन् ।

कार्यक्रममा बर्दिवास नगरपालिकाकी उपमेयर सुशीला गौतमले घरेलु हिंसाका घटनाहरू मिलापत्रमा टुङ्गिन्छनन् । ‘घरेलु हिंसाका घटनामा कमी आउन सकेका छैनन् ।’–उहाँले भन्नु भयो ।

महिला अधिकारकर्मी उर्मिला कार्कीले मानव अधिकारको संरक्षण तथा प्रवर्धनका लागि इन्सेकलगायत सङ्घसस्थाहरूसँग समन्वय गरेर प्रहरीले काम गर्नु पर्ने बताउनु भयो ।

इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक पीडितहरूको न्याय तथा राहत पाउनका लागि महत्वपूर्ण दस्तावेज बनेको नेपाल पत्रकार महासङ्घ महोत्तरीकी उपाध्यक्ष सुनिता बरालले बताउनु भयो ।

वर्दिवास नगरपालिकाकी प्रतिनिधि अनु खनालले इन्सेकले वर्षभरी भएका घटनाको अभिलेखिकरण गरेर राज्यलाई जिम्मेवार बनाएको बताउनु भयो ।

पत्रकार गोपाल बरालले नागरिक तथा राजनीतिक अधिकार जनताले पाएपनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार नागरिकले सहज रूपमा उपभोग गर्न नपाएकाले यसतर्फ पनि इन्सेकले राज्यलाई जिम्मेवार बनाउनलाई कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

बर्दिवास नगर पत्रकार सञ्जालका अध्यक्ष विक्रम रौनियारले ज्ञान वा सूचनाको अभावमा पीडित पक्षको न्यायमा पहुँच अभिबृद्धि हुन नसकेकोले ग्रामीण क्षेत्रमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

नेकपा माओवादीका वाइसीएल महोत्तरी संयोजक मनोज थापाले मानव अधिकार उल्लङ्घनका घटनामा कमी नआएकोले मानव अधिकार संरक्षणका लागि सरोकारवाला पक्षबिच सहकार्य आवश्यक रहेको बताउनु भयो ।

अन्य

भिडियो