अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग छलफल कार्यक्रम असार ३० गते धनकुटामा सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले पत्रकार तथा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण राज्यको दायित्व भएको बताउनु भएको छ । अध्यक्ष खवासले पत्रकारहरुको काम समाचार लेख्ने, अन्यायमा परेकाहरुलाई न्यायको पहुँचमा पुर्याउने र सूचना प्रवाह गर्ने भएको बताउँनु हुँदै पछिल्लो समय पुरुष पीडित हुने घटना आउने गरेकाले इन्सेकले प्रतिवेदन तथा वर्ष पुस्तकमा समेट्नु पर्ने सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ धनकुटा संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राईले धनकुटामा आत्माहत्याको घटना बढेकोले न्यूनिकरणमा चासो दिनुपर्ने बेला आएको बताउनु भयो । उहाँले आर्थिक संकट तथा लागुऔषध दुर्वेसनीको कारण आत्महत्या बढेको उहाँको भनाइ छ । उहाँले महँगी बढ्दा पनि जनता मारमा परको बताउँदै धनकुटामा खानेपानीको समस्या रहेको बताउनु भयो । उहाँले दुषित पानी पिउनु पर्ने धनकुटाबासीको बाध्यता भएको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटाका सल्लाहकार रमेशचन्द्र अधिकारीले सबै पत्रकार मानव अधिकार रकक्ष भएको बताउनु भयो । उहाँले पहिले भन्दा अहिले पत्रकारीतामा समस्या र जोखिम बढ्दै गएको बताउनु भयो । उहाँले पत्रकारको सुरक्षाका लागि यस्ता छलफल आवश्यक रहेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल बराइलीले पछिल्लो समय जातिय विभेदका घटनामा वृद्धि भएको बताउँदै समाचार लेख्दा पनि आफूमाथि जातीय विभेदको घटना भएको बताउनु भयो । उहाले पत्रकार तथा प्रशासन बिच समस्या नरहेको भएपनि कतिपय कार्यालयमा सुचनाको हक प्रयोग गरेर सुचना माग गर्दा पनि नपाइएको गुनासो गर्नुभयो ।
नेपाल पत्रकार महासंघ धनकुटाका सल्लाहकार सन्तविर लामाले इन्सेकले प्रदेशमा मानव अधिकारकर्मीहरु र नागरिकको अधिकारको पक्षमा समेत वकालत गर्ने काम गरेको बताउनु भयो । उहाँले मानव अधिकारकर्मीहरुले प्रत्यक्ष नागरिकसँग काम गर्ने हुँदा विभिन्न चुनौती र समस्या भोग्नुपर्ने भएकाले समग्र मानव अधिकारको क्षेत्रमा काम गर्ने पत्रकार र मानव अधिकारकर्मीहरुको सुरक्षाको ग्यारेण्टी राज्यले गर्नुपर्ने बताउनु भयो । उहाँले धनकुटामा मानवअधिकारकर्मी र पत्रकारसँग प्रशासनको समन्वय भइरहेको बताउनु भयो ।
पत्रकार महासंघ धनकुटाका कोषाध्यक्ष नारायण कुमार राईले धनकुटामा बालविबाह बढिरहेको तथा गाँजा र लागुऔषधको कारोबार बढिरहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालले पत्रकारीतामा समस्या पारेको तथा कतै कतै पत्रकारितामा पेशागत समस्या पनि रहेको बताउनु भयो । उहाँले पत्रकारलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताउँदै सरकारले ट्रेड युनियन अधिकार खोस्न खोज्दा पनि समस्या आएको बताउनु भयो ।
इन्सेक प्रदेश प्रमुख मनोहर कुमार पोख्रेलले मानव अधिकार रक्षकहरु सरकारको विरोधी नभएर सहयोगीको रुपमा काम गर्ने हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणको जिम्मा राज्यले लिनुपर्ने बताउनु भयो । उहाँले मानव अधिकारका सवालमा सञ्चार माध्ययमा कसरी उठान गर्ने भन्ने विषयमा पत्रकारसँग छलफल गरिएको बताउनु भयो । कार्यक्रममा इन्सेक धनकुटा प्रतिनिधी ईश्वर थापा, पत्रकार महासंघ धनकुटाका सचिब हरिबहादुर लम्जेल, सदस्य सन्तोष सुवेदी लगायत धनकुटाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । सो अवसरमा इन्सेक कोशी प्रदेश प्रमुख पोख्रेलले नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६, स्थिति सुचक र इन्सेक डायरी हस्तान्तरण गर्नुभएको थियो ।