INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम नाँसो गाउँपालिका–३ मा सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा नाँसो गाउँपालिकाका उपाध्यक्ष एवंम न्याय समितिका संयोजक कमलमायाँ गुरुङले समुदायमा घटेका घटनाहरु सम्बन्धित क्षेत्रमा आउन नपाउदै स्थानीय स्तरमा नै मेलमिलाप गर्ने परम्पराको कारण जिल्लामा मानव अधिकारको घटना घटेको नदेखिएको बताउनुभयो । उहाँले मानव अधिकारको विषयमा गाउँगाउँमा सचेतना जगाउन सकियो भने मानव अधिकार घटनाका सत्य तथ्य बाहिर ल्याउन सकिने बताउनुभयो ।

Photo20211225Manang

कार्यक्रममा प्रहरी सिमा क्षेत्रका इञ्चार्ज सिताराम धमलाले जिल्लामा मानव अधिकार हनन घटनाका कुनै उजुरी नपरेको बताउनुभयो । उहाँले मनाङ जिल्ला मानव अधिकारमा शुन्य सहनशिल जिल्ला रहेको बताउनुभयो ।

कार्यक्रममा नागरिक समाजका अगुवा थुतेन लामाले इन्सेकले गर्ने यस्ता कार्यक्रमले जनतामा मानव अधिकार प्रति सचेत गराएको बताउनुभयो ।

अन्य

भिडियो