अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुकुमपूर्वको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ३ गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि जयमान बुढा मगरले २०२० जनवरीदेखि जिल्लामा सङ्कलन गरेका ११ वटा घटना प्रस्तुत गर्नु भएको थियो । जसमा१० महिला र एक बालिका पीडित भएका छन ।
कार्यक्रमका जिल्ला अदालतका श्रेस्तेदार कुबेर पाण्डेले वर्ष पुस्तक, पुस्तक मात्र नभई मानव अधिकारका लागि निरन्तरको अभियान भएको बताउनु भयो । उहाँले आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक रुपान्तरणका लागि वर्ष पुस्तकले निरन्तर अभियानको रूपमा काम गरेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी राजकुमार राईले आम नागरिकले मानव अधिकार प्रति प्रत्याभूति गराउने काममासक्रिय ढङ्गले काम गरि रहेकोले सबै जिल्लावासीले इन्सेकको काममा सहयोग गरी सभ्य नागरिक समाजको निर्माण गर्नु पर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका इन्स्पेक्टर दिपेन्द्र बानियाँले वर्ष पुस्तकले जिल्लाको मानव अधिकारको अवस्था झल्काएको र नागरिकको मानव अधिकारको रक्षा गर्न प्रहरीले जिम्मेवारी बहन गर्ने प्रतिवद्धता जनाउनु भयो ।