INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाजुराको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व समीक्षा कार्यक्रम पुस ९ गते मार्तडीमा सम्पन्न भएको छ ।

सन् २०१९ जनवरीेदेखि डिसेम्बरसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरू र जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाहरूसँग समीक्षा गरिएको छ ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले  मानव अधिकारका घटनाहरूको दस्तावेजीकरण तथा मानव अधिकारका सम्बद्र्धनको पक्षमा इन्सेक अग्रणी संस्थाको रूपमा स्थापित भएको बताउनु भयो । उहाँले वर्ष पुस्तकमा समावेश गरिने घटनाहरू सत्यतथ्यमा आधारित भएकाले यस पुस्तकको विश्वासनियतामा बृद्धि हुँदै गएको बताउनु भयो ।

प्रमुखु जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले राज्यले गर्ने सबै काम मानब अधिकारका विषय भएको बताउदै इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएको बताउनु भयो ।

नेकपाका जिल्ला कमिटी सदस्य अम्मर खडककाले सहज र सुलभ न्यायका लागि स्थानीय न्यायिक समितिलाई सक्रिय र प्रभावकारी बनाउन आवश्यक भएको बताउँदै इन्सेकले दुरदराजमा पनि मानव अधिकारको अभियान सञ्चालन गर्नु पर्ने सझाव दिनु भयो ।

गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य कासी बिकले अहिले पनि ग्रामीण क्षेत्रमा विभिन्न प्रकारका मानव अधिकार उल्लङ्घनका घटनाहरू हुने गरेको बताउँदै इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तकमा ग्रामीण क्षेत्रमा भएका मानव अधिकार उल्लङ्घनका घटनालाई पनि समेट्न प्रयत्न गर्नु पर्ने सुझाव दिनु भयो ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रकाश सिंहले पत्रकार महासंघ र इन्सेकले जिल्लामा हुने मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन र रिपोर्टिङ्मा सहकार्य गर्दै आएको बताउँदै मानव अधिकारको सुनिश्चितताका लागि सम्बन्धित निकायहरू सक्रिय हनु पर्ने बताउनु भयो ।

समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले जिल्लामा संकलित घरेलु हिंसाका ६१ ओटा, बलत्कार तथा बलात्कार प्रयासका १० ओटा, बहुविवाहको एक ओटा, मानव बेचबिखन तथा ओसारपसारको एक ओटालगायत ८१ ओटा घटना प्रस्तुत गर्नु भएको थियो ।

photo20191225bajura1 (1)

photo20191225bajura1 (2)

photo20191225bajura1 (3)

अन्य

भिडियो