INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रूकुम पूर्वले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम पुस ५ गते रूकुमकोटमा सम्पन्न गरेको ।

वर्ष पुस्तकका लागि रूकुम पुर्वमा इन्सेक प्रतिनिधिद्वारा सङ्कलन गरिएका ३६ ओटा घटनाको अभिलेखसँगै प्रतिवेदन प्रस्तुत गरिएको हो ।

जसमा तीन ओटा बलात्कारका घटना छन् भने तीन ओटा घटना अन्य पक्षबाट र दुई ओटा घटना राज्य पक्षबाट भएका उल्लेख गरिएको छ ।

समीक्षा कार्यक्रममा इन्सेकको प्रतिवेदनमा तीन बलात्कार, आस्थाका बन्दीसँग सम्बन्धित घटना एक, कुटपिटका चार, बन्द र हडताल तीन, त्यसैगरी महिला हिंसा १८, वेवारिसे शव एक, आस्थाका बन्दी एक र अभद्र व्यवहार पाँच गरी ३६ वटा घटनाबाट ४० जना पीडित भएका जिल्ला प्रतिनिधि जयमान बुढा मगरले प्रस्तुत गर्नुभएको छ ।

तीन वर्षीयाका बालिका समेत पीडित भएका घटनाले यस जिल्लामा मानव अधिकारको अवस्था निकै गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो ।

‘विद्यालय स्तरबाटै सचेतना कार्यक्रम गर्नु पर्ने आवश्यकता रहेको छ ।’–सिडिओ अर्यालले भन्नुभयो–‘जिल्लाका प्रशासन, प्रहरी, अदालतलगायत न्यायिक निकायमा कम मात्रमा मुद्दा आउने गरेका छन् ।’

घरेलु हिंसा, बालविवाह, बहुविवाह त्यसैगरी लेनदेन जस्ता घटना गाउँघरमा छन् । तर, न्यायसम्बन्धी चेतना गाउँघरका नागरिकमा नभएका कारणले इन्सेक प्रतिनिधिले उक्त दुरदराज नागरिकका समस्या तथा घटना बाहिर ल्याइदिएर न्याय दिने निकायमा समन्वयका भावनाको भुमिका खेल्नमा सुझाव समेत सिडिओ अर्यालले दिनुभयो ।

मानव अधिकार उल्लङ्घनका घटनाहरू कम नै आउने गरेको जिल्ला अदालतका श्रेष्तेदार सुशीलकुमार यादवले बताउनुभयो ।

फौजदारी घटना न्यून रहेकोमा देवानीसम्बन्धी घटना केही बढी आउने गरेको श्रेष्तेदार यादवको भनाइ रहेको छ ।

तीन ओटै गाउँपालिकाका न्यायिक समितिमा आएका घटना पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेटिनु पर्नेमा सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले जोड दिनुभयो ।

photo20191221eastrukum (1)

photo20191221eastrukum (2)

अन्य

भिडियो