INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि अभिलेखित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ८ गते अछाम सदरमुकाम मङ्गलसेनमा सम्पन्न गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले इन्सेकले घटनाहरूको सङ्कलन र विश्लेषणले राज्यका निकायहरूलाई घच्घच्याएको र सजग बनाएको भनाइ राखे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख टोपबहादुर रावलले घटना अभिलेख गर्ने काम सरहानीय भएको भन्दै घटानका कारणहरूको गहिरो रूपमा खोजी गर्न सुझाव दिए ।

अधिवक्ता मातृकाप्रसाद भण्डारीले जबरजस्ती करणीका ‘नक्कली’ मुद्दा बनाएर दर्ता गर्ने र पछि ‘बार्गेनिङ’ गर्ने प्रवृत्ति रहेको भनाइ राखे ।

अधिकारकर्मी विन्दु रावलले कतिपय घटनाहरूमा राजनीतिक प्रभावमा समेत पर्ने गरेको भनाइ राखिन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी रूकेश तण्डुकारले प्रहरीले कसैको दबाव र प्रभावमा नपरी निष्पक्ष रूपमा पीडितका पक्षमा कानुन अनुरूप काम गरिरहेको बताए । डिएसपी तण्डुकारले घटनाका अभिलेखीकरणसँगै त्यसको गहन कारण खोजी गरि प्रकाशनमा ल्याउन इन्सेकसँग आग्रह गरे ।

समीक्षा कार्यक्रममा सहभागीहरूले अदालतसम्म पुग्ने केही घटनाहरू बनावटी भएको भन्दै रिस फेर्न र रकमको बार्गेनिङ गर्ने उद्धेश्यले घटना दर्ता गर्ने गरेको भनाइ राखेका छन् ।

अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाले मानव अधिकार वर्षपुस्तकका लागि सन् २०१८ को ६ महिनाको अवधिमा सङ्कलन गरेका १३ वटा घटनाहरू प्रस्तुत गरेका थिए ।

शिवराज ढुङ्गाना

अन्य

भिडियो