INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्वको अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्याक्रम असार १ गते दिक्तेलमा सम्पन्न गरिएको छ ।

Photo20160616Khotang (1)

इन्सेक खोटाङको आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सुनिता मगरले सन् २०१८ को जनवरीदेखि जुन १५ सम्म सङ्कलन गरिएका २९ वटा  घटनाहरूको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रतिवेदनमा परिवारजनबाट भएको हत्याको एउटा घटनामा एक जनाको ज्यान गएको उल्लेख छ । सम्पत्तिमाथिको आधिकारमा महुरेगढीमा रहेको एनसेलको टावरमा आगजानी भएको प्रतिवेदनमा उल्लेख छ ।

कुटपिटका घटना अन्तर्गत गैरराज्यपक्षबाट भएको दुई घटनामा दुई जना पीडित भएका छन् भने अन्य पक्षबाट भएको कुटपिटको दुईवटा घटनामा ६ जना पीडित भएका छन् ।

Photo20160616Khotang (2)

त्यसैगरी ६ महिनाको अवधिमा बाल अधिकार हनन्का चार वटा घटनामा चार जना बालिकाहरू पीडित भएका छन् । जसमध्ये बलात्कारपछि हत्या भएको एउटा घटना अभिलेख गरिएको छ । यौन दुर्व्यवहारका दुई वटा घटनामा दुई जना बालिका पीडित भएका छन् ।

महिला अधिकार हनन्का १८ वटा घटनामा १८ जना महिला पीडित भएका छन् । बलात्कारको एक, बलात्कार प्रयासको एक, बहुविवाहका तीन, घरेलु हिंसाका ११, कथित बोक्सीको आरोपमा अमानवीय व्यवहारको एक र जातीय छुवाछुत विभेदको घटना एउटा घटना अभिलेख गरिएको छ ।

प्रतिवेदन सत्य तथ्यमा आधारित पाइएको भएपनि नागरिक तथा राजनीतिक अधिकारलाई मात्र जोड दिएको देखिएकाले आर्थिक सामाजिक सांस्कृतिक अधिकारका विषयहरूलाई समेट्न राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालयका प्रमुख मोहनदेव जोशीले सुझाव दिए ।

प्रतिवेदन हेर्दा जिल्लाको मानव अधिकारको समग्र बस्तुस्थिति सामान्य रहेको जिल्ला न्यायधीश किशोर घिमिरेले बताए ।

सुनिता मगर

अन्य

भिडियो