INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कास्कीको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३० गते सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका गण्डकी प्रमुख चन्द्रकान्त चापागाईले मानवअधिकारको संरक्षण र प्रबद्र्धनमा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रभावकारी बन्ने गरेको बताउनुभयो ।

उहाँले मानव अधिकार वर्ष पुस्तकमा कोभिड–१९ का कारण नागरिकले स्वास्थ्य अधिकार प्रत्याभूत हुन नसकेको विषयलाई पनि समेटनुपर्ने सुझाव दिनुभयो ।

photo20210715Kaski1

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बरालले पछिल्ला दुई वर्षमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा कमि आएको जस्तो देखिएता पनि घरमा घरमा हुने घरेलु हिंसाका घटना अझै बाहिर आउन नसकेको बताउदै स्थानीयतहका न्यायिक समितिसम्म नागरिकहरु अझै पुग्न नसकेको उहाँले बताउनुभयो ।

‘न्यायिक समितिमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सम्बन्धका उजुरी नै परेको देखिदैन जनताको विश्वास भएन भन्ने कि न्यायिक समितिका बारेमा बुझाउन सकिएन ।’,–उहाँले भन्नुभयो ।

गैरसरकारी संस्था महासङ्घ कास्की सचिव शारदा खत्रीले मानवअधिकार वर्ष पुस्तक देशको मानवअधिकारको चित्र सहितको महत्वपूर्ण दस्तावेज रहेको बताउनुभयो ।

पछिल्लो समय सामाजिक सञ्जालबाट हुने हिंसा तथा दुर्व्यवहारका घटनामा बढोत्तरी भएको बताउँदै त्यस्ता घटनालाई अभिलेखिकरण गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

photo20210715Kaski2

इन्सेक गण्डकी संयोजक शिव खकुरेलले इन्सेकले नागरिकका मौलिक अधिकारका सवालमा निरन्तर आवाज उठाउँदै आइरहेको बताउनुभयो ।

उहाँले कोभिड– १९ का कारण जनताले स्वास्थ्यको अधिकार प्रत्याभूत गर्न नसकेको भन्दै राज्यको भूमिका प्रभावकारी हुन नसकेको भनाइ राख्नुभयो ।

कास्की जिल्लामा सन् २०२१ जनवरी देखी जुनसम्म ३८ ओटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना इन्सेकले अभिलेख गरेको छ ।

जसमध्ये बलात्कारका चार, हत्याका पाँच, घरेलु हिंसाका २२, दुर्व्यवहारका दुई, सम्पत्ति क्षतिको एक, झडपको एक, विद्यालयमा कुटपिटको एक र राज्य पक्षबाट भएको गिरफ्तारीका दुई ओटा घटना इन्सेकले अभिलेख गरेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा ३३ ओटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना इन्सेकले अभिलेख गरेको थियो ।

अन्य

भिडियो