नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को वार्षिक सम्पादन भेला पुस १३ गते पोखरामा सुरू भएको छ ।
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व प्रदेश नम्बर ४ र ५ (पूर्ववत पश्चिमाञ्चल विकास क्षेत्र)का १६ जिल्लाका प्रतिवेदनलाई अन्तिम रूप दिन भेलाको आयोजना गरिएको हो ।

इन्सेक केन्द्रिय कार्यालय मानव अधिकार प्रलेख तथा प्रसार विभागकी गिता मालीले वर्षपुस्तकमा प्रकाशन गरिने घटनालाई जिल्लाजिल्लामा आयोजित कार्यक्रमबाट सुद्धिकरण गरेपछि क्षेत्रीयस्तरमा सम्पादन गर्ने गरिएको बताइन् ।
इन्सेक केन्द्रिय कार्यलय बहस तथा पैरवी विभागकी प्रमुख सम्झा श्रेष्ठले जिल्ला प्रतिनिधिले जिल्लामा थुप्रै काम गर्ने गरेको र गरेको कामलाई अभिलेखीकरण गर्न आवश्यक रहेको बताइन् ।
कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक शिव खकुरेलले राज्य परिवर्तनसँगै जिल्ला प्रतिनिधिले पनि परिवर्तित समय अनुसार काम गर्न आवश्यक रहेको बताउँदै जिल्ला प्रतिनिधिहरूलाई अझ सक्रिय भएर काम गर्न आग्रह गरे । कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने क्षेत्रीय कार्यालयले जनाएको छ ।
सङ्गीता भाट