INSEC Online

📅 २०८३ जेष्ठ २१

नेता र कर्मचारीहरू इमान्दारी भए मानव अधिकारको स्वतः सम्मान हुने सभामुख घर्ती

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएको बताउँदै नेता र कर्मचारीहरू इमान्दारी भए मानव अधिकारको स्वतः संरक्षण हुने बताउनुभएको छ ।

Photo10122024Rupandehi1

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल, इन्सेक, शान्तिका लागि साझा अभियान कोक्याप, सिर्जनशिल समाज नेपाल, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश, एडभोकेशी फोरम रुपन्देही, गैरसरकारी संस्था महासङ्घ रुपन्देही र शिक्षाका लागि राष्ट्रिय अभियान, मानव अधिकार तथा शान्ति समाज,साहसी कदम नेपाल, एक्लोलाई सहारा दिने वृक्ष लगायतका संघ संस्थाहरूको संयूक्त आयोजनामा ०८१ मङ्सिर २४ गते बुटवलमा भएको ७६ औँ अन्तराष्ट्रिय मानव अधिकार रक्षक दिवशको अवसरमा मानव अधिकारको अवस्था, मानव अधिकार रक्षक र राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो कुरा बताउनुभएको हो ।

सभामुख घर्ती मगरले संविधानमा भएका मौलिक हकहरूको पालना गरेर अझ हरेक नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गने दायित्व राज्यको भएको र नागरिकले पनि कर्तब्य पालना गर्नुपर्ने बताउँदै बेइमानी कारण इमान खुस्किएका कारण मानव अधिकारको उल्लङ्घनका घटनाहरू बढेको बताउनु भयो । देश र जनताप्रति उत्तरदायी हुन नसक्दासम्म मानव अधिकार संस्कृतिको विकास हुन नसक्ने भएकोले सबैले आ आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निभाउनुपर्ने सभामुख घर्तीको भनाइ थियो ।

जिल्ला समन्वयउ समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाईले मानव अधिकारको संरक्षण गर्ने दायित्व राज्यको भएपनि नागरिकले अनुभूति गर्ने खालको परिस्थित वनिनसकेको बताउनु भयो । समाजमा अहिले पनि समाजमा पछाडी पारिएका वर्ग समुदायहरूको न्यायमा पहुँच नभएकोले त्यसका विषयमा अझ बढी संवेदनशिलता हुनुपर्ने भन्दै राज्यले नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्ने दायित्व भने पनि निशुल्क शिक्षा र निशुल्क औषधी वितरण गर्ने नाममा नागरिकलाई बेकुफ बनाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

कार्यक्रममा बुटवल उपमहा नपाका नगरप्रमुख खेलराज पाण्डेले मानव अधिकारको संरक्षण, प्रवद्र्धनका लागि संवेदनशिल रुपमा अगाडी बढेको बताउनु भयो । नगरप्रमुख पाण्डेले बुटवल नगरवासीको आधारभूत आवश्यकताको पहिचान गरि लक्षित वर्गमैत्री नीति, योजना, कार्यक्रमहरूलाई जसको सवाल उसको नेतृत्वको रुपमा स्थापित गर्न लागि परेको बताउनु भयो ।

Photo10122024Rupandehi

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले मानव अधिकार संस्कृतिको विकासका लागि संवेदनशिल भएर लागिपरेको बताउँदै नागरिकलाई छिटो छरितो, चुस्त दुरुस्त सेवा दिनका लागि परेको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरि प्रसाद ज्ञवालीले लुम्बिनी प्रदेशमा मानव अधिकारको अवस्था, मानव अधिकार रक्षकको स्थिती र राज्यको दायित्वका सन्दर्भमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा प्रदेशमा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि मलखाद, पहिचानको समस्या लगायतका सवालहरू रहेकोले त्यस्ता विषयमा सम्बन्धित निकाय संवेदनशिल हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार गोविन्द खनालले हरेक नागरिकले मानव अधिकारको उपभोग गर्न पाउने अधिकारको सुनिश्चिता गर्ने दायित्व राज्यको भएकोले यसका विषयमा संवेदनशिल भई गरिबी बेरोजगारी श्रृजना गरेर नागरिकलाई देश छोडेर बाहिर जानुपर्ने बाध्यता बनाउनु पनि मानव अधिकारको उल्लङ्घन भएको हुनुपर्ने बताउनु भयो । कार्यक्रममा चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले मानव अधिकारको सवालमा संवेदनशिल भएर लागि परेको बताउदै सीप र कार्य क्षमताका आधारमा सबै लिंङ्ग, वर्ग समुदायलाई रोजगारी दिने गरेको बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष अर्जुन ज्ञवाली, मनोविमर्शकर्ता कमला गहतराज, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारकर्मी मनिला न्यौपाने, द्वन्द्वपीडित समाज रुपन्देहीका सचिव रीता सेन, अभियान्ता रामकृष्ण शर्मा लगायतले मानव अधिकार सस्कृतिको विकासका लागि राज्य संवेदनशिल भएर अगाडि बढनुपर्ने बताउनु भयो ।

कार्यक्रममा राष्टिय मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख हरि प्रसाद ज्ञवालीको अध्यक्षता उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकको स्वागत तथा इन्सेक प्रतिनिधि रीमा बि.सीको संचालनमा कार्यक्रममा कार्यक्रम सम्पन्न भएको थियो ।

Photo10122024Rupandehi2

अन्य

भिडियो