INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन पर्यवेक्षकहरूलाई तालिम सम्पन्न

स्थानीय तह निर्वाचन-२०७४ का लागि काभ्रेपलाञ्चोक जिल्लामा खटिने पर्यवेक्षकहरूलाई वैशाख २८ गते तालिम प्रदान गरिएको छ ।

Photo20170511Kavre1

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का आठ जना, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का ३३ जना, नेपाल मानव अधिकार सङ्गठनका २५ जना र निर्वाचन पर्यवेक्षण समितिका नौ जना गरी ७५ जना पर्यवेक्षक तालिममा सहभागी थिए ।

काभ्रेका मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले पर्यवेक्षकहरूले आचारसंहिता विपरीत काम गर्न नहुने बताए । उनले स्वतन्त्र, निष्पक्ष र भयरहित अवस्थामा निर्वाचन सम्पन्न हुने विश्वास दिलाए ।

Photo20170511Kavre

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिम्खडाले जिल्लामा शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताउँदै आचार संहिताको उल्लङ्घन भएको पाइएमा तत्काल खबर गर्नका लागि पर्यवेक्षकहरूलाई सुझाए ।

इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ

अन्य

भिडियो