नागार्जुन नगरपालिकामा मानव अधिकार सम्बन्धी तीन दिने तालिम कार्यक्रम सञ्चालन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नागार्जुन नगरपालिका बीच ०८३ जेठ ४ गते सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार नार्गाजुन नगरपालिकाका सबै वडा कार्यालयहरूबाट सहभागिता रहने गरी मानव अधिकारका आधारभुत र विशेष अधिकारका बारेमा सहभागिहरुमा सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ ।
उक्त तालिममा नगरपालिकाका पदाधिकारी, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ ।
सम्झौतामा नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल र इन्सेकका तर्फबाट बागमती प्रदेश संयोजक शिव खकुरेलले हस्ताक्षर गरेका छन् ।