INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक समाज र सञ्चार जगतबिच सहकार्यमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ ८ गते बनेपामा पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत नागरिक समाज र सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले नागरिक समाज र सञ्चार जगतबिचको सहकार्यमा जोड दिएका छन् ।

जिल्लामा कार्यरत सञ्चारकर्मी र नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको उक्त अन्तरक्रियामा सहकार्यका विषयवस्तु, समस्या, अवसर र चुनौतीका विषयमा सहभागिहरूले आफ्ना भनाई राखेका थिए ।

विनाशकारी भूकम्पबाट क्षतविक्षत् समाजमा प्राविधिक, इञ्जिनियर, बैङ्कहरू र पहुँचवालाले सर्वसाधारणलाई दुःख दिएको सन्दर्भ उठाउँदै सञ्चारकर्मीहरूले जनताको जीवनस्तर र खस्कँदो उत्पादन क्षेत्रका विषयमा नागरिक समाजको ध्यान नगएको आरोप लगाएका छन् ।

नागरिक समाज र सञ्चारकर्मी दुवै भावनामा बग्दा जनताका हक अधिकार स्थापित हुन नसकेको सन्दर्भमा दुवै पक्ष जिम्मेवार भएर प्रस्तुत हुन सहभागिहरूको जोड थियो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बर ३ का सचिव सुरेश हुमागाई, काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, नेपाल बार एशोसियसनका अध्यक्ष कृष्णप्रसाद सापकोटा, गैसस महासङ्घ काभ्रेका सदस्यद्वय गङ्गा दोङ र कमल बञ्जारा, इन्सेक कार्यालय काठमाडौँका कार्यक्रम अधिकृत गणेश भण्डारीलगायतका वक्ताहरूले सहकार्यका विषयमा आफ्ना धारणा राखेका थिए ।

पुनर्निर्माणमा सरकारले दिने सेवा, सुविधा र सहुलियत, मानव अधिकारका विषयबस्तुहरू, पारदर्शिता र जबाफदेहिता, विकासका सवाल, अधिकारको अवस्था, स्थानीय तहका काम र लक्षित वर्ग बजेटको विनियोजन, क्षमता विकास र सूचनाको आदान प्रदानका सवाल सहकार्यका विषयबस्तु बनाउन सहभागिहरूले जोड दिए । कार्यक्रममा जिल्लामा कार्यरत ३० जना पत्रकार सहित ३५ जनाको सहभागिता थियो ।

1

1

1

1

भोजराज तिमिल्सना

अन्य

भिडियो