INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक समाज र सञ्चारजगतबीच पैरवीका विषय अत्यधिक

नागरिक समाज र सञ्चार जगतका लागि पैरवीका विषयहरू धेरै भएकोले यसलाई सामूहिक रूपमा पैरवीमा सहभागी हुनु पर्नेमा नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् ।

FHI360 र USAID को साझेदारीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा गरेको पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज र सञ्चारजगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नागरिक अगुवाहरूले धादिङबेसीमा आयोजित कार्यक्रममा पुस ३ गते यस्तो कुरा बताएका हुन् ।

कार्गक्रममा गैरसरकारी संस्था महासङ्घका प्रदेश ३ का अध्यक्ष दामोदर अर्यालले बालबालिकाको पढ्न पाउने अधिकार दिन दिनै हनन् भइरहेकोले सरकारले समेत ध्यान जानेगरि समाचार प्रकाशन प्रसारण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

गैरसरकारी संस्था महासङ्घ धादिङका अध्यक्ष एक राज छत्कुलीले नागरिक समाज चेपुवामा परेकोले नियमित सम्वाद गर्दै साझेदारीमा पैरवीका काम गर्नु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासङ्घका सचिव राजाराम शर्माले नेपालमा नागरिक समाजको भूमिका कमजोर हुँदै हुँदा नागरिक समाज र पत्रकार चेपुवामा परेको बताए । नागरिक आवाज सुनिश्चितताका लागि मिडिया र नागरिक समाज सँगसँगै पैरवी गर्नुपर्नेमा जोड दिए ।

पत्रकारिता समाजको ऐना हो, सममजमा भएका गलत क्रियाकलापलाई निरूत्साहित गर्न र सकारात्मक दिशामा लैजानु पत्रकारिताको धर्म हो ।

यसमा नागरपक समाज सूचनाको श्रोत बन्ने र नागरिक समाज र मिडियाको गन्तव्य एउटै भएकोले साझेदारीमा पैरवी सम्भव हुने धारण व्यक्त गरे ।

गैसस महासङघका सचिव शालिकराम दुवाडीले सञ्चार क्षेत्रले राम्रो काममा साझेदारी र सुधार गर्नु पर्ने कुरामा खबरदारी गर्नु पर्ने बताए ।

अपाङ्ग महासङ्घका सदस्य गुणराज खतिवडाले जिल्लामा पैरवीको काम नियमित गर्नु पर्ने भएकोले स्थानीय सरकारलाई अपाङ्गमैत्री संरचनामा जोड दिँदै सरकारहरूले सहायक सामग्री स्थानीय सरकारले निःशुल्क उपलब्ध गराउनु पर्ने माग गरे ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका सानुबाबु तिमिल्सिनाले भूकम्प पीडिको समस्या समाधान नभएको, ज्वालामूखी गाउँपालिका–१ मा मात्र अझै ४ सय ३३ परिवारको सम्बोधन नभएकोले यसको पैरवी गर्न आग्रह गरे ।

दलित सेवा सङ्घका अध्यक्ष श्याम मगरातीले स्थानीय सरकारहरूले नागरिक समाजलाई बेवास्ता गरेको आरोप लगाए ।

कार्यक्रममा यस अघिका छलफलमा आएका विषयमा समेत छलफल भएको थियो । गाडीभाडा समायोजन, बधशाला निर्माण, अपाङ्गता लगायतकाहरूको समस्यामा ध्यानाकर्षण, स्थानीय सरकारहरू शुशासन नीति बनाउन प्रतिवद्ध भएकोले एकतापूर्ण नागरिक समाजको आवस्यकता हेको डेक नेपालका शेरबहादुर भण्डारीले बताए ।

photo20191219dhading (1)

photo20191219dhading (2)

photo20191219dhading (3)

photo20191219dhading (4)

photo20191219dhading (5)

photo20191219dhading (6)

photo20191219dhading (7)

photo20191219dhading (8)

photo20191219dhading (9)

photo20191219dhading (10)

photo20191219dhading (11)

photo20191219dhading (12)

photo20191219dhading (13)

photo20191219dhading (14)

photo20191219dhading (15)

photo20191219dhading (16)

photo20191219dhading (17)

photo20191219dhading (18)

photo20191219dhading (19)

photo20191219dhading (20)

अन्य

भिडियो