INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ २५ गतेदेखि नेपालको नागरिक समाजको सवलिकरण विषयक दुई दिने अनुशिक्षण कार्यक्रम सुरू भएको छ ।

photo20170207ktm (4)

तालिमको उद्घाटन गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जिम्मेवारी बहन गरेकाहरू जवाफदेही बन्नुपर्ने बताए । उनले लोकतन्त्र र अराजकता सँगै जान नसक्ने भन्दै अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरू थप जिम्मेवार भएर लाग्नु पर्ने बताए ।

photo20170207ktm (1)

अध्यक्ष प्याकुरेलले मानव अधिकारको प्रवर्धन र सर्म्बर्द्धनका लागि सबै सरोकारवाला पक्षसँग समन्वय गरेर अघि बढ्नुपर्ने भन्दै प्रभावकारी कार्य सम्पादन गर्नका लागि तथ्यगत सूचना सङ्कलन गर्न आवश्यक रहेको बताए ।

photo20170207ktm (3)

उनले इन्सेक प्रतिनिधिलाई राष्ट्रिय तथा ग्रामीण स्तरमा प्रभावकारी काम गर्दै नमुनाको रूपमा अरूसमक्ष आफ्नो पहिचान स्थापित गराउन सुझाए ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले गैरसरकारी सङ्घसंस्थाबिच समन्वयकारी भूमिका निर्वाह गरी अघि बढ्नुपर्ने बताए । उनले राहत तथा पुनर्निर्माणको विषयमा इन्सेकले अनुसन्धानात्मक तरिकाले प्रभावकारी काम गनुपर्नेमा जोड दिए ।

photo20170207ktm (2)

कार्यक्रममा भूकम्पबाट प्रभावित १४ जिल्लाका इन्सेक प्रतिनिधिहरू, पूर्वाञ्चल, मध्यमाञ्चल र पश्मिाञ्चल क्षेत्रका क्षेत्रीय संयोजकहरू र इन्सेक केन्द्रीय कार्यलयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नागरिक समाज र मिडिया निति, जिल्ला स्तरिय नागरिक समाजको पहिचान र समन्वयको अवस्था, परियोजनासम्बन्धी निर्देशिकालगायत समग्र परियोजनाको विषयमा जानकारी गराइने बताइएको छ ।

विवेक ढुङ्गाना

अन्य

भिडियो