अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय मार्फत मादी गाउँपालिकाको ध्रुव माध्यामिक विद्यालयमा २०८० असोज १८ गते बालअधिकार समूह परिचालनको लागि कोष हस्तान्तरण सम्पन्न गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक रामबाबु पौडेल, सरक्षक शिक्षक सृजना अधिकारी, बाल अधिकार समूहकी अध्यक्ष निशा सापकोटा तथा समूहका पदाधिकारीको उपस्थितिमा इन्सेक कास्की सहजकर्ता सुष्मा आचार्य अधिकारी मार्फत ३५ सय रुपियाँ विद्यालयलको बालअधिकार समूह परिचालन कोषका लागि हस्तान्तरण गर्नुभएको थियो ।
विद्यालयमा बालअधिकार समूहले बालबिवाह तथा बालहिंसा तथा यौन दुर्व्यवहारसम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने, जातीय विभेदसम्बन्धी जनचेतना फैलाउने, वातावरण सरक्षणका लागि फोहोरमैला व्यवस्थापन गर्ने, तथा स्थानिय तह र विद्यालयमा बालअधिकारका सवालमा मागदाबी गर्ने जस्ता कार्य गर्नका लागि उक्त रकम समूह परिचालन कोषका लागि प्रदान गरिएको सहजकर्ता सुस्मा अधिकारी आचार्यले बताउनुभयो ।

