INSEC Online

📅 २०८३ जेष्ठ २१

द्धन्द्धपीडितको अवस्था र संक्रमणकालिन न्यायसम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा द्धन्द्धपीडितहरूको अवस्था र संक्रमणकालिन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रम ०८२ जेठ ११ गते डोटी जिल्लाको सिलगढीमा सम्पन्न भएको छ ।

अधिवक्ता कैलास साउदले द्धन्द्धपीडितहरू अझै पनि न्यायबाट वञ्चित भएको, क्षतिपूर्ति, सत्य निरूपण तथा दोषीको जिम्मेवारी सुनिश्चित गर्न राज्यले प्रभावकारी कदम चाल्न नसकेको बताउनु भयो ।

photo20250525doti (3)

संक्रमणकालिन न्यायका लागि स्थापित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको प्रभावकारिता, स्वतन्त्रता र जनविश्वास पुनःस्थापना गर्न आवश्यक रहेको अधिवक्ता डण्डिराज ओझाले बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले द्धन्द्धपीडितका सवालमा राज्य उदासीन रहेको भन्दै उनीहरुको न्याय, क्षतिपूर्ति र पुनस्र्थापना सुनिश्चित गर्न दवाव दिन नागरिक समाज तथा सञ्चारमाध्यमलाई आग्रह गर्नु भयो ।

द्धन्द्धपीडित सान्ती खडकाले आफ्ना अनुभवहरू बाँड्दै राज्यको उदासीनताले गर्दा आफूहरुले न्याय नपाएको बताउनु भयो ।

photo20250525doti (2)

द्धन्द्धपीडितहरुको आवश्यकता अनुसार राज्यले नीति तथा कार्यक्रम ल्याउनु पर्ने नेपाल पत्रकार महासंघ, डोटीका निवर्तमान अध्यक्ष मोहन शाहीले बताउनु भयो ।

द्धन्द्धपीडितका घाँउ बल्झाउन मात्रै राज्य उपस्थित हुने गरेको र उनीहरुका आवश्यकता परिपूर्तितर्फ राज्यले ध्यान नदिएको नेपाल पत्रकार महासंघ, डोटीका अध्यक्ष प्रकाश बमले बताउनु भयो ।

अधिवक्ता नवराज जोशीले द्धन्द्धपीडितहरुका अधिकार तथा संक्रमणकालिन न्यायको वर्तमानव अवस्थाका बारेमा आधार–पत्रमा प्रस्तुत गर्नुभएको थियो ।

photo20250525doti (1)

कार्यक्रममा द्धन्द्धपीडित, मानव अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

अन्य

भिडियो