INSEC Online

📅 २०८३ जेष्ठ २१

दलित बस्तीमा सडक नाटक प्रदर्शन

Photo 20240208 Saptari 2

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा हिरा फेकनी माध्यमिक विद्यालय, बनौला र रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुरमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले डाक्नेश्वरी नगरपलिका–७ ब्रहमपुरको सदा टोलमा ०८० माघ २२ गते सडक नाटक प्रदर्शन गरेका छन् ।

बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद, बालविवाह, दाइजो प्रथा, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरे । नाटकको माध्यमबाट बालबालिकाहरूले असमान व्यवहार तथा विभेदबाट मानव जीवनमा पर्ने असरबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नगर उपप्रमुख मिरा यादव, मानव अधिकार समूहका सहसचिव मम्मा ठाकुर, सदस्य सुनिता सरदार, संरक्षक शिक्षक मनोज कुमार चौधरी र बलराम पण्डित तथा समुदायका अगुवा, नागरिक समाजको उपस्थिती रहेको इन्सेक सप्तरी जिल्ला सहजकर्ता अजय परियारले बताउनु भयो ।

उपप्रमुख मिरा यादवले छोरीहरू प्रति हुने भेदभाव र लैंङ्गिक हिंसाबारे नाटक प्रदर्शनले दर्शाएको बाल विवाह मुक्त नगर बनाउन हाम्रो अभियान अब छिटै सुरू हुने जानकारी दिनुभयो । उहाँले बालबालिकाहरूको गुणस्तरीय शिक्षामा समान पहँुच हुने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा सहभागी अजय सरदारले भन्नुभयो– “छोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्नु भनेको समाज र राष्ट्रलाई सक्षम नागरिक हुनबाट बञ्चित गराउनु हो ।” छोरा र छोरीमा हुने विभेद तथा महिलामाथि हुने सबै खाले हिंसा विरुद्ध सचेतनाका माध्यमबाट मात्र जानकार हुने सरदारले बताउनु भयो ।

सडक नाटक प्रदर्शनमा बाल अधिकार सचेतना समूहका अध्यक्षद्वय अरूण कुमार साह र रूपेश सन्त, देवकान्त प्रसाद साह, पारसमणि माझी, रोशन राउत, मनिषा रजक, पवनकुमार साह, श्यामकुमार साह, रिया चौधरी, सपना माझी, सृष्टि साह, दिपमाला पैकरा, मुख्तार, अंञ्जली साह, सपना मण्डल, चाँदनी मण्डल मुर्ति मण्डल, अञ्जली यादव लगायतले सहभागिता जनाउनु भएको थियो ।

Photo 20240208 Saptari 3

Photo 20240208 Saptari 1

Photo 20240208 Saptari 4

अन्य

भिडियो