बाल अधिकारकार चेतना समूहमा आबद्ध बालबालिकालाई दिइएको तीन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम फागुन १२ गते सम्पन्न भएको छ ।

इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले नेपालको संविधानमा मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र अन्य थुप्रै धाराहरूमा बाल अधिकारको विषयमा सकारात्मक व्यवस्थाहरू भएको बताए ।
कार्यक्रममा उनले अधिकारका लागि स्वयम् बालबालिकाहरूले भूमिका निर्वाह गरेमा प्रभावकारी हुने बताएका थिए ।
इन्सेक पुर्वाञ्चल क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापाले तालिमले बालबालिकालाई थप दृढसङ्कल्पित बनाएको बताए ।
तालिमका सहभागीहरू हेमराज तामाङ, उसा गुरुङ, मोहन घिमिरेलगायतले तालिम अत्यन्तै प्रभावकारी भएको र आफ्नो विद्यालय, समाजमा गएर प्राप्त ज्ञानलाई बाँड्ने प्रतिबद्धता जनाए ।
तालिममा झापा, मोरङ र इलामका ३८ जना बालबालिकाको सहभागिता रहेको थियो ।
अर्जुन बस्नेत