स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको पुनर्गठन गरिएको छ । पुस १४ गते आयोजित कार्यक्रमबाट अधिकारकर्मी कृष्णसिंह देउपाको अध्यक्षतामा १५ सदस्यीय समूहको चयन गरिएको हो ।

समूहका सदस्यहरूमा उच्च अदालत महेन्द्रनगर इजलास वार एशोशियनका उपाध्यक्ष पुनम सिंह चन्द, गैसस महासङ्घ कञ्चनपुरकी अध्यक्ष निुतु भट्ट, कोक्यापका क्षेत्रीय अधिकृत भुवन कुँवर, मदिरा नियन्त्रण तथा व्यवस्थापन समितिकी अध्यक्ष भगवती थापा, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष भारती सिंह, उपभोक्ता हित संरक्षण मञ्चका संयोजक प्रभुनिधि पन्त, अपाङ्ग महिला सङ्घकी अनिता ढुङ्गाना, अधिकारकर्मी प्रविन बोगटी, हृयुपेकका अध्यक्ष वीरबहादुर डगौरा, नागरिक समाजका धिरेन्द्र सिनाल, द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रकी अध्यक्ष सीता बोहरा, नारी उत्थान केन्द्रकी विना भट्ट, पत्रकारहरू रनि विवश, मोहन विष्ट रहेका छन् । यसैगरी समूहको सचिवमा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाट चयन भएका छन् ।

मानव अधिकार निगरानी समूहले जिम्मेवार निकायलाई जवाफदेही बनाउदै मानव अधिकारको संरक्षण र सम्बर्द्धन तथा सामाजिक न्यायको क्षेत्रमा काम गर्ने निगरानी समूहका संयोजक कृष्णसिंह देउपाले बताए ।
कोमलनिरञ्जन भाट