INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला प्रतिनिधिहरूसँग अन्तरक्रिया सम्पन्न

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रमाणित गर्न जिल्ला प्रतिनिधिहरूको अन्तरक्रिया कार्यक्रम असार १० गते विराटनगरमा सम्पन्न गरिएको छ ।

इन्सेक प्रदेश १ मातहतका १४ जना जिल्ला प्रतिनिधिसहित प्रदेश कार्यालयको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रतिनिधिहरूले इन्सेक अभियानसँग जोडिएपछिका अनुभवहरू आदानप्रदान गरेका छन् ।

जिल्ला प्रतिनिधिले इन्सेक अनलाइन समाचार, वर्ष पुस्तक र अभिलेखकासाथै पीडितलाई न्यायमा पहुँचका लागि सहयोग गरेको विषयमा जानकारी गराएका छन् ।

कार्यक्रममा झापाका प्रतिनिधि नरेश खातीले झापा जिल्लामा विगत ५ महिनाको अवधिमा भएका घटनाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आफूले पीडितलाई न्यायमा पहूँचका लागि काम गरिरहेको बताउनु भयो । खातीले मानव अधिकारको संरक्षण र पीडितलाई न्यायमा पहुँचका लागि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवले सीमा क्षेत्रसँग जोडिएको जिल्ला भएकाले सीमावर्ती क्षेत्रका पीडितहरू न्यायिक पहुँचबाट टाढा रहने गरेको र त्यस्ता पीडितहरूलाई न्यायिक पहुँचमा इन्सेकले सहयोग गरेको बताउनु भयो । उहाँले न्यायिक पहुँचका लागि आफूले निरन्तर सहयोग गरिरहेको जानकारी दिनु भयो ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलले जिल्लामा रहस्यमय ढङ्गले मारिएका दुई जना महिला र एक जना बालिकाको परिवारलाई न्याय दिलाउनका लागि इन्सेक जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत गृहमन्त्रालय र राष्ट्रिय महिला आयोगलाई ज्ञापनपत्र बुझाएको बताउनु भयो ।

इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले जिल्ला प्रतिनिधिहरूले समाचार, घटना अभिलेखिकरणकासाथै पीडितहरूलाई न्यायको पहुँचका लागि  पनि सहयोग गर्न आग्रह गर्नुभयो ।

अन्तक्रियामा इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेखीकरणसँगै पीडितलाई न्यायमा पहुँच स्थापित गर्न मानव अधिकार प्रलेख तथा प्रसार कार्यक्रम सञ्चालन गरेको इन्सेक प्रदेश १, कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भएको छ ।

photo 20220621 Morang (1)

photo 20220623 Morang (2)

photo 20220621 Morang (2)

photo 20220623 Morang (1)

  photo 20220623 Morang (3)

अन्य

भिडियो