INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला प्रतिनिधिहरूको अभिमुखिकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जिल्ला प्रतिनिधिहरूका लागि गरिएको दुई दिने अभिमुखिकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

अभिमुखिकरणको उद्घाटन कार्यक्रममा बोल्दै इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले मानव अधिकारको संरक्षण र प्रवर्धनमा इन्सेककर्मीहरूको भूमिका महत्वूर्ण हुने बताइन् ।

उनले आफ्नो भूूमिकालाई अझ व्यापक बनाउँदै मानव अधिकारको अभियानमा तल्लीन भएर लाग्न जिल्ला प्रतिनिधिहरूलाई आग्रह गरिन् ।

अध्यक्ष श्रेष्ठले इन्सेक जिल्ला प्रतिनिधिहरूले घटना तथा सूचना सङ्कलनको क्रममा घटनास्थलमा पुग्ने, पीडितका कुरा सुन्ने र धेरैभन्दा धेरै जानकारीको अभिलेख गर्नुपर्ने बताइन् ।

कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले न्याय प्राप्तिका लागि इन्सेकले तयार गरेका अभिलेखहरूलाई राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा ज्यादै महत्वका साथ हेरिने गरेको बताए ।

मानव अधिकारका घटना अभिलेख गर्ने क्रममा इन्सेकको लामो यात्रा रहेको हुँदा जिल्ला प्रतिनिधिले इन्सेकको ख्यातीलाई अझै मजबुद बनाउने गरी गम्भिरतापुर्वक जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

अभिमुखिकरण कार्यक्रममा इन्सेक अनलाइन निर्देशिका, मानव अधिकार अभिलेखिकरणको आधारभुत अवधारणा, घटना सङ्कलन तथा प्रविष्ट गर्ने विषयमा सहजीकरण गरिएको प्रलेख तथा प्रसार कार्यक्रमका व्यवस्थापक मदन पौडेलले जानकारी दिए ।

दुईदिन सञ्चालित हुने अभिमुखिकरण कार्यक्रममा प्रदेश नम्बर १, २, ३ र गण्डकी प्रदेशका संयोजक, प्रलेख अधिकृत तथा जिल्ला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Photo20191022Kaski01

Photo20191022Kaski02

Photo20191022Kaski03

Photo20191022Kaski04

अन्य

भिडियो