अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत पाल्पा जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन गरिएको छ ।

पुस १३ गते तानसेनमा आयोजित एक कार्यक्रमबाट मानव अधिकार एलाइन्स पाल्पाका अध्यक्ष एवम् पत्रकार महासङ्घ पाल्पाका निवर्तमान अध्यक्ष भगवान भण्डारीको संयोजकत्वमा ११ सदस्यीय समूहको गठन गरिएको हो ।
समूहका सदस्यहरूमा मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष जगन्नाथ अर्याल, शान्तिका लागि साझा अभियान (कोक्याप)का क्षेत्रीय संयोजक राजेन्द्र बस्याल, पत्रकार अनु खनाल, लेखीमाया सारु, पत्रकार महासङ्घका सदस्य कृष्ण पोखरेल, एकल महिला समूह अधिकारकर्मी मिना पन्थी, बालअधिकारकर्मी पुष्पा कुँवर, राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका केन्द्रीय सदस्य दिवाकर पाण्डे, महिला अधिकारकर्मी डिना मगर र दलित अधिकारकर्मी माया नेपाली रहेका छन् ।

यसैगरी समूहका सल्लाहकारहरूमा मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष एवम् वरिष्ठ पत्रकार मेघराज शर्मा, मानव अधिकार शिक्षा मञ्चका अध्यक्ष माधव बस्याल, बार एसोसिएशन पाल्पाका अध्यक्ष जोगबहादुर विश्वकर्मा, गैरसरकारी संस्था महासङ्घ पाल्पाका अध्यक्ष भेषराज तिमल्सिना, नेपाल नागरिक समाज पाल्पाका सचिव पुष्करराज रेग्मी, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे, इन्द्रेणी समाज केन्द्रका कार्यक्रम संयोजक रुद्र मश्राङ्गी रहेका छन् ।
यज्ञमूर्ति तिमिल्सिना