INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधि र निगरानी समूहका सदस्यलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ५ नं प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा पाल्पाको बगनासकाली गाउँपालिकामा मानव अधिकार निगरानी समूहका सदस्य तथा जनप्रतिनिधिहरूलाई क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम भदौ २० गते सम्पन्न गरिएको छ ।

बगनासकाली गाउँपालिका–७ खानीगाउँ र वडा नं. ९ चापपानीमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी परियोजना) अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य र जनप्रतिनिधिलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी तालिम प्रदान गरिएको हो ।

तालिममा अधिवक्ता राजेन्द्रप्रसाद बस्याल, दोलखबहादुर रास्कोटी, पत्रकार महासङ्घ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी, इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सहजीकरण गरेका थिए ।

तालिममा मानव अधिकारको अवधारणा, स्थानीय सरकारको काम कर्तव्य र अधिकार, संविधान र मौलिक हक, सुशासन र पारदर्शितालगायतका विषयमा समेत सहजीकरण गरिएको थियो ।

photo20180906_palpa (1) photo20180906_palpa (2)

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो