INSEC Online

📅 २०८३ जेष्ठ २१

जनता आवास कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न पर्नेमा जोड

स्थानीय सरकारले जनता आवास कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् ।

इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत वनगाडमा असोज ४ गते आयोजना गरेको आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिले वनगाड कुपिण्डे नगरपालिकामा आवास सम्बन्धी कुनैपनि कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन नभएकाले आगामि दिनमा यसलाइ प्रभावकारी बनाउनुपर्ने बताएका हुन ।

दुर्गा बिसीले लक्षित वर्गका लागि आएको जनता आवास सम्बन्धी कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न नसकेको भन्दै आवासको अधिकारबाट कोही पनि बञ्चित नहोउन भन्नको लागि सचेत रहुनपर्ने  बताउनुभयो ।

Photo 20210921 Salyan 1

यस्तै कार्यक्रममा शिब वलीले यस सन्दर्भमा स्थानीय सरकार गैर जिम्मेवार बनेको भन्दै इन्सेकले जनप्रतिनिधिलाई जिम्मेवार बनाउन पहल गर्नुपर्ने धारणा राख्नु भयो ।

बनगाड कुपिण्डे नपा–१ का अध्यक्ष शान्तबहादुर यरीले कार्यक्रममा उठेका सवालहरूलाइ कार्यपालिका बैठकमा छलफलमार्फत समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नगरपालिकामा गठित मानव अधिकार समूहका संयोजक तिलक नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण इएलपी परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीले गर्नु भएको थियो ।

Photo 20210921 Salyan 2

अन्य

भिडियो