INSEC Online

📅 २०८३ जेष्ठ २१

घर छिटो बनाउन भूकम्पपीडितहरूलाई गाउँपालिकाको आग्रह

पहिलो किस्ताको रकम लगेका भूकम्पपीडितहरूलाई घर छिटो बनाएर दोश्रो किस्ता माग गर्न गजुरी गाउँपालिकाले आग्रह गरेको छ ।

Photo20170313Dhading

तत्कालिन गजुरी गाविस अन्तर्गत पर्ने हालको गजुरी गाउँपालिका वडा नं १, २ र ३ को सार्वजनिक सुनुवाइ कार्यक्रममा फागुन ३० गते यस्तो बताउँदै गाउँपालिकाका कार्यकारी अधिकृत मनचन्द्र धरालाले गाउँबासीलाई भूकम्पप्रतिरोधी घर छिटो बनाउन आग्रह गरेका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गजुरी गाउँपालिका र सहयात्री समाजको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा कार्यकारी अधिकृत धरालाले तत्कालिन गाविसका १ हजार ७ सय १८ र छुट भएकासमेत गरी अब ५३ जनाले मात्र पहिलो किस्ताको रकम लान बाँकी रहेकोले उनीहरुले केही समयमै पहिलो किस्ता रकम लान पाउने बताउँदै घर बनाएर काम सुरु गरेका लाभग्राहीले छिटो प्राविधिकहरूसँग सम्पर्क गरी दोश्रो किस्ता माग गर्न आग्रह गरे ।

नयाँ संरचना अनुसार काम गर्न सुरु गरिएकोले पहिलो दिन अलि अलमलमा परेको भएपनि अब गजुरीलाई नेपालकै नमूना गाउँपालिका बनाउने गरी राजनीतिक दल, नागरिक मिलेर काम गर्न सबैलाई उनले आग्रह गरे ।

गाविसको काम सुस्त गतिमा भएको र उपभोक्ता समितिहरूले चनाखो भएर छिटो काम गर्न आग्रह गर्दै विकसका लागि सबैको सहभागिता आवश्यक रहेको लाभग्राहीले सोधेको प्रश्नको उत्तर दिँदै उनले सो कुरा बताएका थिए ।

कार्यक्रममा तत्कालिन गाविसका वडा नागरिक मञ्चका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा लाभग्राहीहरूको सहभागिता रहेको थियो । लाभग्राहीहरूले सोधेको प्रश्नको जबाफ धरलाले दिएका थिए ।

सीताराम अधिकारी

अन्य

भिडियो