INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक सल्यानको आयोजनामा शारदा नगरपालिकाको खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सल्यानको खलंगामा असोज १७ गते सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरूले खाद्यको पहुँच सबै नागरिकसम्म पुग्नुपर्ने बताएका छन् ।

पछिल्लो समय अखाद्य बस्तुको बिक्रिवितरणले मानव स्वास्थ्यमा हानी गरेको र यसबाट कयौँ नागरिक प्रभावित भएकाले यस विषयमा सचेत हुनुपर्ने सहभागी बुद्धि पुनको भनाइ छ । यससँगै खाद्यान्न उत्पादनका कार्यमा जोड दिनुपर्ने, जग्गा प्लटिङ गरेर घर बनाउने कार्य रोक्नुपर्ने, सबै नागरिकको पहुँच पुग्ने गरेर सुपथ खाद्य पसल सञ्चालन गरिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

चाडपर्व नजिकिदै गर्दा बजार अनुगमन लगायतका क्रियाकलाप बढाउन कार्यक्रमका सहभागीहरूले सुझाव दिए । चाडपर्वलाई मात्रै लक्षित गर्नुभन्दापनि अन्य समयमा समेत सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने सहभागिहरूले जोड दिएका थिए ।

मानव अधिकार समूहका अध्यक्ष मुना हमालको अध्यक्षतामा आयोजित कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठले खाद्यको अधिकारबाट कोही नछुटोस् र भोकै बस्ने अवस्थाको अन्त्यका लागि वडा कार्यालयले काम गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा यस विषयमा सचेतना मुलक कार्य गर्न इन्सेकलाई आग्रह गर्नुभयो ।

इन्सेकका जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले कार्यक्रमको विषयमा जानकारी दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नुभएको थियो ।

Photo 2021-10-04 Salyan (2) Photo 2021-10-04 Salyan (5) Photo 2021-10-04 Salyan (3)

अन्य

भिडियो