INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

खाँडादेवी गाउँपालिका–६ माकादुममा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम पुस ९ गते सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र हाम्रो बाल क्लब माकादुमको आयोजना भएको कार्यक्रममा खाद्य अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवस्था र व्यवहारिक प्रयोगमा देखिएको समस्याका बारेमा छलफल भएको थियो ।

बाल क्लबका अध्यक्ष बबिता महतले नेपालको संविधानले खाद्य अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरेको भए पनि व्यवहारिक कार्यान्वयनमा समस्या रहेको बताउनुभएको थियो ।

बुद्ध भवानी माविका प्रधानाध्यापक रामचन्द्र खत्रीले यसको व्यवहारिक प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

स्थानीय तुलसा अधिकारीले भारत लगायतका देशबाट आयात गरिएको खाने कुरा विषाक्त भएकोले त्यसलाई रोक्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी पुष्पा लामाले खाद्य सुरक्षा अनुगमन प्रणालि प्रभावकारी नभएको बताउनुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकारले कृषिमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने र स्थानीय उत्पादनमा जोड दिनुपर्ने उहाँले बताउनु भयो ।

268907769_705695527035977_6644274107751533527_nयसैगरी कार्यक्रमकी अनिसा सुवेदीले अन्तर्राष्ट्रिय कानुन तथा नेपालको संविधानले समेत खाद्य सुरक्षा र पोषणको अधिकार ग्यारेण्टी गरेको भए पनि त्यसको व्यवहारिक प्रयोग आउन नसकेको बताउनुभयो ।

स्थानीय नवराज बुढाथोकीले बजारमा बढ्दै गएको अखाद्य बस्तुको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने, बजार अनुगमनलाई कडाइ गर्नु पर्ने तथा विद्यालयमा तयारी खाजा रोक्नुपर्ने सुझाव दिनुभयो ।

तुलसा बुढाथोकीले रोगको प्रमुख कारण नै बजारको अखाद्य बस्तु भएको बताउनुभयो । यसलाई रोक्न बजार अनुगमनमा कडाइ गर्नुपर्ने उहाँको सुझाव थियो ।

खाँडादेवी गाउँपालिका–६ की लक्ष्मी बुढाथोकीले स्थानीय कृषि उत्पादन नबढाएसम्म खाद्य सुरक्षा र खाद्य अधिकारको संरक्षण गर्न नसकिने बताउनुभयो उहाँले परम्परागत कृषि प्रणालिमा सुधार गर्नुपर्नेमा जोड दिनु भयो ।

वर्षा रायले नेपाल जस्ता गरिब मुलुकको लागि खाद्य सुरक्षा र पोषण चुनौतीको विषय रहेको बताउनुभयो ।

अन्य

भिडियो