INSEC Online

📅 २०८३ जेष्ठ २१

कार्यक्रम समीक्षा तथा योजना बैठक पोखरामा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस र डिसिए परियोजनाको समीक्षा तथा योजना बैठक मङ्सिर २७ र २८ गते पोखरामा गरिएको छ ।
बैठकमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मौलिक हकले सुनिश्चित गरेका अधिकारलाई कार्यन्वयन गराउन पैरवी गर्न आवश्यक रहेकाले त्यसलाई प्राथमिकतामा राखी काम गर्न आग्रह गर्नुभयो ।

उहाँले शिक्षा स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम स्थानीय सरकार नभएकै अवस्थामा सुरू भएको स्मरण गराउँदै यस कार्यक्रमले जनताको प्रत्यक्ष सरोकार राख्ने विषयलाई उठान गरेका कारण सफलता पाउन सम्भव रहेको बताउनुभयो ।

‘हामीले आपूmलाई परियोजनामा आधारित मात्रै होइन इन्सेक अभियानको रूपमा बुझ्नुपर्दछ ।’–उहाँले भन्नुभयो ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले गरेका कामहरूले सकरात्मक परिणाम ल्याएको बताउँदै जनताका प्रत्यक्ष सरोकारका विषयलाई अझै बढी उठान गर्दै थप क्रियाशील रहनुपर्ने धारणा राख्नुभयो ।

मङ्सिर २७ र २८ गते सञ्चालित बैठकमा इन्सेक प्रदेश कार्यालयका संयोजकहरू, कार्यक्रम संयोजकहरू र स्थानीय सहजकर्ता लगायतको सहभागिता रहेको थियो ।

photo20191213kaski (1)

photo20191213kaski (2)

photo20191213kaski (3)

photo20191213kaski (4)

photo20191213kaski (5)

photo20191213kaski (6)

photo20191213kaski (7)

photo20191213kaski (8)

अन्य

भिडियो