बेचबिखन घटनाकी पीडित १३ वर्षीया बालिकाको आर्थिक अवस्था कमजोर भएको कारण कानुनी प्रक्रियामा जानको लागि इन्सेक मधेश प्रदेश कार्यालय जनकपुरले ०८३ जेठ ८ गते आर्थिक सहयोग प्रदान गरेको छ।
आर्थिक अवस्था कमजोर भएको कारण न्यायिक प्रक्रियामा जानको लागि समस्या भएको भन्दै पीडित बालिकाकी आमाले इन्सेक मधेस प्रदेश कार्यालयमा ०८२ चैत २ गते निवेदन दिनु भएको थियो । मानव अधिकार सहायता कक्षमार्फत पीडितलाई न्यायिक प्रक्रियामा जानका लागि १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।
चन्द्रपुर नगरपालिका–४ टेकान टोलकी ४० वर्षीया अनु मेडम भन्ने मनोजा कुमारी पासवानले ०८२ फागुन ८ गते पीडित बालिकालाई बेचबिखान गरी यौन कार्यमा लगाएको आरोपमा पीडित परिवारले सोही दिन इलाका प्रहरी कार्यालय सिम्रनगढमा उजुरी दिएको थियो ।