आर्थिक अवस्था कमजोर भएकी आफ्नै बुबाबाट बलात्कारमा पर्नुभएकी ११ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि इन्सेकले वैशाख १५ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधिले प्रहरी र पीडित बालिकाको आमाको रोहवरमा सो रकम वैशाख १५ गते हस्तान्तरण गर्नुभएको थियो । पीडितले आफूलाई ५२ वर्षीय बाबुले बलात्कार गरेको भन्दै छिमेकीको सहयोगमा इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभएको थियो ।
पीडित बालिकाकी आमालाई कुटपिट गरि घर निकाला गरेको र पीडित आमाले लगेकोलाई खोसेर ल्याई सो घटना घटाएकोले पीडित परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएकोले न्यायिक प्रकृयामा जान इन्सेकले पीडित राहत कोष मार्फत आर्थिक सहयोग गरिएको हो । घटनाका आरोपित अहिले पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा रहेका छन् ।