INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधिले प्रहरी र पीडित बालिकाको आमाको रोहवरमा सो रकम फागुन २९ गते हस्तान्तरण गर्नुभएको थियो । पीडितले आफूलाई देवदह नपा–३, खैरेनीका २८ वर्षीय अजय थापा मगर र सोही ठाउँका ३५ वर्षीय गोविन्द थापाले माघ २९ गते सामुहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभएको थियो ।

पीडित बालिकाका बुबाले पीडित जन्मेको एक महिनामै दोस्रो विवाह गरेर वास्ता नगरी अन्यत्रै बस्ने गरेको र पीडित आमासँग कोठा भाडामा बस्दै आउनुभएको थियो । परिवारको आर्थिक अवस्था एकदमै दयनीय भएकोले न्यायिक प्रकृयामा जान इन्सेकको पीडित राहत कोष मार्फत आर्थिक सहयोग गरिएको हो । घटनाका आरोपित अहिले पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा रहेका छन् ।

अन्य

भिडियो